भेस्पा अप्रिलियाको नयाँ सुविधायुक्त शोरुम टेकुमा
काठमाडौं, साउन ४
नेपालमा इटालियन ब्रान्ड पियाजियोको भेस्पा र अप्रिलिया टु ह्विलर्सका आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको दुगड ब्रदर्स एण्ड सन्स प्रालिले टेकुमा सम्पूर्ण सुविधायुक्त शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमको उदघाटन दुगड ब्रदर्स एण्ड सन्स प्रालिका उपादक्ष्य विवेक दुगड र निर्देशक उर्भी दुगडले गरेका थिए । सोही कार्यक्रममा छ वटा स्कुटरका ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो ।
हालै दुगड ब्रदर्स एण्ड सन्स प्रालिले कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली अर्थव्यवस्था तथा उपभोक्तामा ठुलो असर गरिरहेको अवस्थामा न्यु नर्मल योजनाअन्तर्गत भेस्पा र अप्रिलिया खरिदमा ५ हजार नगद छुट र सुन्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्नसक्ने व्यवस्था पनि ल्याएको छ ।
साथै भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कूटर कभर, अफिसियल क्यारिङ उपलब्ध गराएको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै कम्पनीले अनलाइनबाट नै स्कूटर डेलिभरी गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्री डेलिभरीको गराउने व्यवस्था गरेको छ । कम्पनीले सबै ग्राहकको सुविधालाई मध्यनजर गर्दै यो योजना सुरु गरिएको र टेकु शोरुम पायक पर्ने सेन्टर लोकेसनमा भएको हुनाले ग्राहक सुविधामा वृद्धि हुने भेस्पा अप्रिलियाको मार्केटिङ म्यानेजर करुणा पुडासैनीले बताइन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- थप १३ दिन लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति
- उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव
- ट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा व्यापक वृद्धि
- पाकिस्तान रेलवे स्टेसनमा विस्फोट हुँदा २५ जनाको मृत्यु
- युरोपले रक्षा खर्च बढायो
- नेपालका लागि चिनियाँ राजदूत ‘द क्लिफ’मा
- विपद् व्यवस्थापनमा चेम्बर र जापानी निकायबीच सहकार्य हुने
- ओमोडा एन्ड जेइकोको ‘फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम’ रणनीति सार्वजनिक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया