Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी–६ र ६आई स्मार्टफोन सार्वजनिक

रियलमी–६ र ६आई स्मार्टफोन सार्वजनिक


काठमाडौं, साउन ५
रियलमीले रियलमी ६ र रियलमी ६ आई स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी ५ प्रोको सक्सेसरको रुपमा रियलमी ६ ले क्यामेरा, डिस्प्ले र पर्फमेन्शमा धेरै अप्ग्रेडहरु ल्याएको छ भने रियलमी ५आईमा निर्मित रियलमी ६आईमा अधिक प्रस्तुति, उत्कृष्ट क्यामेरा र नयाँ डिजाइन रहेको छ । कम्पनीका अनुसार मिडियाटेक हेलियो जी९०टी द्वारा सञ्चालित रियलमी ६ विशेष गरी अविश्वसनीय गेमिङ अनुभवका लागि डिजाइन गरिएको हो । यो प्रोेसेसर १२एनएम प्रोसेसमा निर्मित भएको छ ।

पछिल्लो र उत्कृष्ट जीपीयूसँग, सुपर फास्ट -याम र शक्तिशाली एआईका साथ रियलमी ६ ले मोबाइल गेम प्रेमिहरुका लागि सहज र आनन्ददायी गेमिङ अनुभव ल्याउँदछ । नयाँ अपग्रेड गरिएको ३० वाट्ट फ्ल्यास चार्जिंग र ४३०० एमएएच ब्याट्रीका साथ रियलमी ६ लाई एक घण्टाभित्र पूर्ण रुपमा चार्ज गर्न सकिन्छ । धेरै गेम खेल्दा पनि ३० वाट्ट फ्ल्यास चार्जिङले मात्र ६० मिनेटमा ५५ प्रतिशतसम्म चार्ज हुन्छ ।

रियलमी ६ मा ६.५ इन्च ९० हट्र्ज अल्ट्रा स्मुद डिस्प्लेका साथ १२० हट्र्ज टच स्याम्पिलिङ समावेश छ । उत्कृष्ट स्क्रिन—टु—बडी अनुपातका साथ रियलमी ६ ले सर्वोच्च दृश्य अनुभव प्रदान गर्दै सेल्फी क्यामेराका लागि पन्च होल कटको सहायता गर्दछ । राम्रो सुरक्षाका लागि डिस्प्लेलाई कोर्निंग गोरिला ग्लास ३ ले सुरक्षित गरिएको कम्पनीले जनाएको छ । १६ एमपी अल्ट्रा क्लियर फ्रन्ट क्यामेराले एफ२.० अपर्चर, स्मार्ट ब्युटी मोड, बोकह इफेक्टलगायतको साथ प्रमाणित सेल्फी आवश्यकतालाई पूरा गर्दछ ।

रियलमी ६ मा फ्ल्यागसीप, अल्ट्रा—क्लियर क्वाड क्यामेरा सेटअप रहेको छ, जसमा ६४ एमपी मुख्य क्यामेरा, ८एमपी ११९ डिग्री अल्ट्रा—वाइड एंगल, म्याक्रो लेन्स र ब्ल्याक एण्ड ह्वाइट प्रोट्रेट लेन्स रहेको छ । वाइड एंगल मोडमा स्वीच गर्न एक क्लिक मात्र लाग्छ । यसको म्याक्रो लेन्सले प्रयोगकर्तालाई नजिकै सटहरु लिन र ४ सीएम दूरीका साथ माइक्रो विश्वको सुन्दरतालाई आविष्कार गर्न सक्षम गर्दछ ।

नयाँ अप्टिकल प्लेटिङ टेक्नोलोजीका साथ कलरको ब्राइटनेश र स्याचुरेसन क्रमशः ६० प्रतिशत र ५० प्रतिशत वृद्धि हुन्छ र भिजुअल इफेक्ट चम्किलो र आँखालाई आकर्षक पार्नेछ । रियलमी ६ दुई कलर अप्सन कमेट ह्वाइट र कमेट ब्लुमा उपलब्ध हुनेछ । यसैगरी कम्पनीको रियलमी ६आई मिडियाटेक हेलियो जी८० चिपसेटले सुसज्जित छ, जसले आश्चर्यजनक शक्ति प्रदान गर्दछ । अक्टा कोर सीपीयूमा २.० जीएचजेड सम्मको मुख्य प्रिक्वेन्सी रहेको कम्पनीले बताएको छ । यसले विगतका जेनेरेशनको भन्दा ३५ प्रतिशत उत्कृष्ट सिंगल कोर प्रदर्शन र १७ प्रतिशत उत्कृष्ट मल्टी कोर प्रदर्शन प्रदान गर्दछ ।

रियलमी ६आई ४८ एमपी क्वाड क्यामेरामा अप्ग्रेड भएको छ, जसमा—४८ एमपी मुख्य क्यामेरा, ११९डिग्री अल्ट्रा—वाइड—एंगल लेन्स (८एमपी), पोट्रेट लेन्स (२एमपी) र ४सीएम अल्ट्रा म्याक्रो लेन्स (२एमपी) छ । रियलमी ६आईमा रियलमीकै सबैभन्दा ठूलो ५००० एमएएच विशाल ब्याट्री छ । कम्पनीका अनुसार रियलमी ६र्आईले नाओटो फुकासावाबाट क्लासिक डिजाइन अपनाउँछ र मास्टरपीस डिजाइन शैली कायम गर्दछ । यसले रेयर स्प्रो कोटिंग प्रोसेस अपनाएको छ । साथै फोन सयौं पटक पोलिस गरिएको छ । रियलमी ६आई दुई योङ्ग कलर ग्रीन टी र ह्वाइट मिल्कमा उपलब्ध रहेको छ ।

रियलमी ६आई मा ६.५ इन्च एचडी प्लस मिनी ड्रप फुलस्क्रिन छ, जुन सामान्य डिउड्रप भन्दा ३०.९ प्रतिशत ले सानो छ । यसले स्क्रिन—टु—बडी रेसियो ८९.८ प्रतिसतले उच्च बनाउँछ । कम्पनीका अनुसार रियलमी ६, ८जीबी -याम र १२८जीबी स्टोरेजका साथ ३२ हजार ९ सय ९० रुपैयाँ उपलब्ध रहेको छ भने रियलमी ६ आई ४जीबी -याम र १२८जीबी स्टोरेजका साथ २५ हजार ९ सय ९० रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x