Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्थानीयसहित नयाँ क्षेत्रमा युरोपियन युनियनको सहयोग

स्थानीयसहित नयाँ क्षेत्रमा युरोपियन युनियनको सहयोग


काठमाडौं, साउन ६
युरोपियन युनियनले आगामी दिनमा नेपालमा स्थानीय विकास, श्रम बजार, डिजिटाइजेसनलगायतको विकासका नयाँ क्षेत्रमा आर्थिक सहयोग गर्ने भएको छ । नेपालबाट विदा भएर युनियनको केन्द्रीय कार्यालयमा फर्कन लागेका काठमाडौंस्थित युरोपियन युनियनका राजदूत भेरोनिका कोडीले अर्थमन्त्री डा. युवराज खतिवडासँग सोमबार विदाइ भेटको क्रममा युनियनले नेपालको विकासमा विगतमा गरेको क्षेत्रको अतिरिक्त नयाँ क्षेत्रमा सहयोग गर्न लागेको जानकारी गराएका हुन् ।

युरोपियन युनियनको सातवर्षे सहायता चक्र यसै वर्ष समापन भई अर्को चरणको सातवर्षे चक्र थालनी हुँदै छ । अर्को सात वर्षे सहायता चक्रमा पनि नेपाल प्राथमिकतामा परेको छ । पहिलो चरणमा तीन सय ६० मिलियन युरोबराबरको सहायताबाट शिक्षा, स्वास्थ्य, पोषण, पूर्वाधार, कृषि, मानव स्रोत विकास, लगानी, जलवायु परिवर्तनलगायतका क्षेत्रमा सहयोग गरेको थियो । आगामी सहायतामा यी क्षेत्रको अतिरिक्त स्थानीय विकास, श्रम बजार, डिजिटाइजेसन लगानी सम्मिश्रण, बजेट सहायता र हरित विकासजस्ता क्षेत्रमा सहायता केन्द्रित गरी नेपालसँग सहकार्य जारी राख्ने धारणा राजदूत कोडीले व्यक्त गरेको अर्थमन्त्री खतिवडाको सचिवालयको तर्फबाट यमन पौड्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

राजदूतसँगको भेटवार्तामा अर्थमन्त्री खतिवडाले अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति लगायत हवाइ सुरक्षासम्बन्धी कार्यमा नेपाल सरकारले उच्च प्राथमिकता दिएको र युरोपियन पर्यटकहरुको गन्तव्य नेपाललाई बनाउने प्रयास रहेको भन्दै युरोपियन युनियनले नेपालको युरोपका देशहरुमा हुने उडानलाई अनुमति दिन आग्रह गरेका थिए ।अर्थमन्त्री खतिवडाले धेरै किसिमका विश्वव्यापी एजेण्डामा नेपाल र युरोपियन युनियन सहकार्यमा रहेको बताउँदै साझा हितका सवालमा सँगसँगै प्रगति गर्दै जानुपर्ने धारणा राखेको जारी विज्ञप्तिमा जनाइएको छ ।

राजदूत कोडीले नेपालमा आफूले ३ वर्षको सफल कार्यकाल समापनपछि केन्द्रीय कार्यालयमा फर्किन लागेको र यस अवधिमा नेपालले आफ्नो कार्यसम्पादनमा पु-याएको महत्वपूर्ण सहयोग र हार्दिकतापूर्ण समन्वयका लागि धन्यवाद दिँदै नेपालले युरोपियन युनियनसँगको सहकार्यमा राम्रो कार्य गरिरहेको भन्दै युनियनले नेपालको विकासका लागि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र बजेट सहयोग लगायत कोभिड—१९ सम्बन्धी सहयोग समेत आगामी दिनमा निरन्तर रहने पनि जानकारी गराएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x