बझाङका स्थानीय तहमा नियमविपरीतका खर्च बढ्दो
आशिषबहादुर सिंह
बझाङ, साउन ६
बझाङका स्थानीय तहहरुले अनियमित तरिकाले खर्च गरिरहेको भेटिएको छ । हरेक वर्ष बढ्दो बेरुजुको अंकले खर्च गर्ने तरिकामा लापरबाही बढेको देखिएको हो । असार अन्तिम दिन महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७औं वार्षिक प्रतिवेदनअनुसार विगतका आर्थिक वर्षभन्दा पछिल्ला आर्थिक वर्षमा बझाङका स्थानीय तहमा बेरुजु बढ्दो छ । महालेखाको ५७औं वार्षिक प्रतिवेदनअनुसार बझाङका १२ स्थानीय तहको ४६ करोड करोड ७९ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
बझाङका १२ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी मष्टा गाउँपालिकामा र सबैभन्दा कम केदारस्युँ गाउँपलिकामा बेरुजु देखिएको छ । सबैभन्दा बढी बेरुजु देखिएको मष्टा गाउँपलिकामा ६९ करोड ५५ लाख ५२ हजार लेखापरीक्षण रकममध्ये १८ दशमलव ८० प्रतिशत अर्थात् १३ करोड सात लाख ६३ हजार बेरुजु देखिएको छ । त्यस्तै सबैभन्दा बेरुजु देखिएको केदारस्युँ गाउँपालिकामा ९० करोड ५९ लाख २५ हजार रकमको लेखापरीक्षण भएकोमा शून्य दशमलव ९९ प्रतिशत अर्थात् ८९ लाख ७१ हजार बेरुजु देखिएको छ ।
यसैगरी बुङ्गल नगरपालिकामा एक अर्ब १४ करोड ४३ लाख ६२ हजार लेखापरीक्षण गरिएको रकममध्ये चार करोड ७७ लाख ७३ हजार अर्थात् ४ दशमलव १७ प्रतिशत र जयपृथ्वी नगरपालिकामा एक अर्ब तीन करोड ३८ लाख ५९ हजार लेखापरीक्षण रकममध्ये दुई करोड ७७ लाख ५३ हजार अर्थात् २ दशमलव ६८ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै दुर्गाथली गाउँपालिकामा ६८ करोड एक लाख ६७ हजार लेखापरीक्षण गरिएकोमा पाँच करोड २९ लाख ४५ हजार अर्थात् ७ दशमलव ७८ प्रतिशत बेरुजु देखिएको छ ।
विथ्डचिर गाउँपालिकामा ८४ करोड २५ लाख ४२ हजारमध्ये तीन करोड नौ लाख ५८ हजार अर्थात् ३ दशमलव ६७ प्रतिशत बेरुजु देखिएको छ । थलारा गाउँपालिकामा ७८ करोड ६२ लाख ३५ हजारमध्ये एक करोड ५२ लाख ५० हजार अर्थात् १ दशमलव ९४ प्रतिशत, छबिसपाथीभेरा गाउँपालिकामा ७१ करोड ४१ लाख २३ हजार लेखापरीक्षण रकममध्ये तीन करोड ८७ लाख छ हजार अर्थात् ५ दशमलव ४२ प्रतिशत रकम बेरुजु देखिएको हो ।
खप्तडछान्ना गाउँपालिकामा दुई करोड ७५ लाख पाँच हजार बेरुजु रहेको छ । कुल लेखापरीक्षण गरिएको ६६ करोड २६ लाख ७२ हजारमा बेरुजु आएको रकम ४ दशमलव १५ प्रतिशत हो । तल्कोट गाउँपालिकामा चार करोड ३१ लाख ७४ हजार बेरुजु आएको छ । लेखापरीक्षण गरिएको ६३ करोड दुई लाख सात हजारको ६ दशमलव ८५ प्रतिशत हो । यस्तै साइपालमा २९ करोड ७५ लाख १९ हजारको लेखापरीक्षण गरिएको मध्ये १४ दशमलव ४७ प्रतिशत अर्थात् चार करोड ३० लाख ६५ हजार बेरुजु छ । सुर्मा गाउँपालिकामा ४० करोड ९६ लाख ७३ हजारमध्ये ३ दशमलव ६० प्रतिशत अर्थात् एक करोड ४७ लाख ४८ हजार बेरुजु देखिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया