Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल प्रहरीलाई ‘लिडारस्पिड गन’ हस्तान्तरण

नेपाल प्रहरीलाई ‘लिडारस्पिड गन’ हस्तान्तरण


काठमाडौं, साउन ६
यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई ८ थान लिडार स्पिड गन प्रदान गरेकोछ । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममाप्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाईयातायात व्यवस्था विभागका महानिर्देशक ई. गोगन बहादुर हमालले ८४ लाख रुपैयाँ मूल्यबराबरका उक्त गन हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सवारी साधनको तीव्र गतिबाट हुने दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले लिडार स्पिड गनहस्तान्तरणका लागि यातायात व्यवस्था विभागप्रति आभार व्यक्त गरे । तीव्र गतिबाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले टाइम कार्ड, राडर गन, सिसिटिभी जस्ता प्रविधिअपनाईरहेको सन्दर्भमा उच्च प्रविधिको गन थप हुँदा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई अझ सघाउ पुग्ने विश्वास उनले व्यक्त गरे ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीलेसडक दुर्घटनाबाट हुने जनधनको क्षतितर्फ नेपाल प्रहरी सजग र संवेदनशील रहेको सन्दर्भमा यातायात व्यवस्था विभाग समेत संवेदनशील रही सडक सुरक्षाको लागि अझ लागी पर्नुपर्नेमा जोड दिए । विभागबाट यस्ता प्रविधिहरुथप जडान हुने अपेक्षा रहेको उनले उल्लेख गरे ।

यातायात व्यवस्था विभागका महानिर्देशक ई. हमालले यातायात क्षेत्रमा अनुशासन कायम गरी यातायात व्यवस्थापन गर्न प्रविधिको प्रयोग अनिवार्य भइसकेको चर्चा गर्दै यातायात व्यवस्थापनलाई प्रविधिमय बनाउन विभाग लागिपरेको बताए । समग्र यातायात प्रणालीलाई व्यवस्थापन गर्न इम्बोस्ड नम्बर जडान, सार्वजनिक सवारी साधनमा जिपिएस प्रणाली जडान, स्मार्ट लाईसेन्स वितरण लगायतका कार्य गरिरहेो उनले चर्चा गरे ।

सवारीसाधनको तीव्र गतिको कारण राज्यलाई ठूलो धनजनको क्षति भएको र सार्वजनिक सवारी साधनमा समेत अपराधजन्य घटना घटिरहेको अवस्थामा यसको न्यूनीकरणको लागि लिडार स्पिड गनको महत्व रहेको बताउँदै आगामी दिनमा नेपाल प्रहरीसँग थप सहकार्य गरेर अगाडि बढ्ने समेत उनले बताए ।

सो अवसरमा प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेश कुमार लाल कर्णले लिडार स्पिड गनबारे प्रस्तुतीकरण गर्दै सडकमा गुड्ने सवारीको गति मापन, सवारी साधन र सवारी चालक पहिचान तथा प्रमाण संकलनका लागि उक्त गन प्रयोग हुने जानकारी गराए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा.आशा सिंह र हरि बहादुर पाल,यातायात व्यवस्था विभागका निर्देशकद्वय तीर्थराज खनाल र रामचन्द्र पौडेल, विभागका प्राविधिक सल्लाहकार डा.पदम बहादुर शाही,प्रहरी नायव महानिरीक्षकहरुलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x