Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभारतीय पक्षद्वारा अवरोध गरिएको हुलाकी राजमार्गको काम सुचारु

भारतीय पक्षद्वारा अवरोध गरिएको हुलाकी राजमार्गको काम सुचारु


कञ्चनपुर, साउन ६
भारतीय पक्षद्वारा अवरोध गरिएको हुलाकी राजमार्गको काम पुन सुचारु भएको छ । साउन २ गते भारतीय सुरक्षाकर्मीसहितका प्रशासनिक अधिकारीले कञ्चनपुरमा निर्माण भइरहेको हुलाकी सडक अवरोध गरेका थिए । नेपाल पक्षले उक्त सडक निर्माण कार्यलाई पुनः सुचारु गरेको छ ।

दर्जनौँ सुरक्षाकर्मीसहित आएका भारतीय सुरक्षाफौजले अवरोध गरेको कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा निर्माणाधीन हुलाकी राजमार्गको काम नगर्न दबाब दिएका थिए । कञ्चनपुरदेखि पूर्व झापा जोड्ने नेपालकै दोस्रो लामो राष्ट्रिय हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षले अवरोध गरेको तेस्रो दिनदेखि पुनः सुचारु भएको हो । यसपटक भारतीय पक्षले अवरोध गरे पनि नेपाल पक्षले भने निर्माणकार्य सुचारु गरेको छ । सडक निर्माण कम्पनी बाबाहंस सिद्धिकीका सुपरभाइजर गणेश परियारले निर्माण कार्य सुचारुकै बीचमा भारतीय पक्षले रोके पनि तीन दिनमै पुनः काम सुरु भएको बताए ।

‘भारतबाट आएका सुरक्षाकर्मीसहित प्रशासनिक अधिकारी आएर काम रोकेर पछि छलफल गरौँला भनेर फर्किए, ‘उनले भने, ‘नेपालका तर्फबाट सशस्त्र प्रहरीका अधिकारी आएपछि काम सुचारु गरेका छौँ ।’ कालोपत्रेका लागि बेस बिछ्याउने क्रममा भारतीय पक्षबाट अवरोध भएको स्थानदेखि करिब २ किलोमिटर परसम्म बेस बिछ्याइएको उनले बताए । ‘काम सुरु भइसकेको छ, ‘उनले भने, ‘विना कारण रोकटोक गरियो ।’

भारतीय पक्षले रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर मानेर अनावश्क विवाद झिक्दै आएको छ । बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले नेपाली अधिकारीसँग समन्वयमा काम सुुचारु भएको बताए । ‘भारतीय पक्षबाट अनावश्यक विवाद झिकेर गए, ‘उनले भने, ‘नेपाली पक्षले सुरुवात गरेका छौँ ।’ गत वर्ष ग्राभिलिङ्ग गर्दा भारतीय पक्षले अवरोध गरेको थियो, रिफेन्स पिलर क्षेत्रको पुर्वतिर १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न अनावश्यक बखेडा झिक्दै आएको छ । भारतीय पक्षले जीपीएस नक्साबाट उक्त सडक भारतको भूमिमा पर्ने दाबी गर्दै काममा अवरोध गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x