जिफन्टले न्यूनतम ज्याला वृद्धिको विषयलाई मुद्दा नबनाउने
काठमाडौं, साउन ६
नेपाल टेड युनियन महासंघ (जिफन्ट)ले कोरोनाको संक्रमणका कारण रोजगारी जोगाउनु नै प्रमुख प्राथमिकता भएको हुँदा यस वर्ष न्यूनतम ज्याला वृद्धिको विषयलाई मुद्दा नबनाउने संकेत गरेको छ । जिफन्टको आठौँ राष्ट्रिय प्रतिनिधि परिषद बैठकमा बोल्दै जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले आगामी वर्ष न्यूनतम पारिश्रमिक वृद्धि गर्न श्रमिकलाई परिचालन गर्ने नीति अवलम्वन गर्ने बताए । उनले कोभिड १९ का कारण श्रमिकको रोजगारी अन्त्य गर्ने, कटौती गर्ने कुरामा रोक लगाउन सरकारले आवश्यक प्रबन्ध गर्न जरुरी रहेको बताए ।
कोरोना अवधिको पारिश्रमिकको विषयमा श्रमिकको आयको निरन्तरताको प्रत्याभूतिको विषय जिफन्टले उठाउँदै आएको भन्दै अध्यक्ष श्रेष्ठले यसबीचमा सञ्चालनमा रहेका उद्योगले पूरै पारिश्रमिक दिनुपर्ने, सञ्चालनमा नरहेको अवस्थामा जगेडामा राख्ने कानुनी व्यवस्थालाई न्यूनतम आधार मान्नेबाहेक पारिश्रमिक नदिने प्रतिष्ठानहरुलाई कारबाही गर्न र राज्यको तर्फबाट कुनै सुविधा सहुलियत दिन नहुने बताए ।
महासंघका उपाध्यक्ष विदुर कार्कीले राज्यको पुनर्संरचना भए पनि श्रम प्रशासनको संरचनामा परिवर्तन नभएको भन्दै श्रम प्रशासनको सुदृढीकरण र क्षमता अभिवृद्धिका लागि आवश्यक व्यवस्था गर्न माग गरे । अपेक्षाकृत रुपमा रोजगारदाता र श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका कारण आगामी दिनमा श्रम कानुनको कार्यान्वयन, श्रम अडिट र सामाजिक सुरक्षामा योगदान गर्ने गराउने कुरालाई अभियानको रुपमा सञ्चालन गर्ने जिफन्टको योजना छ ।
अनौपचारिक क्षेत्रका श्रमिकहरुको पहिचानको अभावका कारण लकडाउनको समयमा उनीहरु राहतबाट वञ्चित रहेको भन्दै उनीहरुको अभिलेखीकरण र प्रमाणीकरणका लागि स्थानीय वडा तहमा आवश्यक व्यवस्था गर्न जिफन्टले माग गरेको छ । कोभिड १९ का कारण लकडाउन भएका कारण भर्चुअल माध्यमबाट आयोजित प्रतिनिधि परिषद् बैठकमा देशभरिका जिफन्टका १ सय ४० भन्दा बढी प्रतिनिधि परिषद सदस्यहरु सहभागि थिए । कार्यक्रममा महासंघका महासचिव जनक चौधरीले सांगठानिक प्रतिवेदन, उपाध्यक्ष गुणराम आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । ती प्रतिवेदनहरु प्रतिनिधि परिषद्ले पारित गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया