Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमौद्रिक नीति सकारात्मक : राष्ट्रिय व्यापार संघ

मौद्रिक नीति सकारात्मक : राष्ट्रिय व्यापार संघ


काठमाडौं, साउन ७
राष्ट्रिय व्यापार संघले नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीति सकारात्मक भएको जनाएको छ । संघका महासचिव वैकुुण्ठ दाहालले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको चालू आर्र्थिक वर्षको मौद्रिक नीति सकारात्मक भएको प्रतिक्रिया दिएका हुुन् ।

मौद्रिक नीतिले संघले राख्दै आएको मागहरुको पनि सम्बोधन भएको विज्ञप्तिमा उल्लेख छ । ‘बैकहरुको ऋण प्रवाह गर्ने क्षमता र तरलता वृद्धिको सम्भावना हुनुका साथै ऋणको समयसीमा विस्तार, पुनर्कर्जामा सहजीकरण, ऋण प्रवाहको प्रक्रियामा सरलीकरण, ब्याज दरमा सहुलियत आदि व्यवस्थाले साना तथा मझौला उद्योगले फाइदा लिन सक्छन्’, संघले भनेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत टीटी तथा डिमान्ड ड्राफटको सीमावृद्वि गरेकाले साना तथा मझौला व्यवसायीहरुलाई सहयोग पुग्ने अपेक्षा संघले गरेको छ । नीति ल्याउनुभन्दा पनि कार्यान्वयन हुनु मुख्य कुरा रहेको भन्दै संघले सरकारले नीति बनाउने तथा कार्यान्वयन नआउने पुरानो रोगको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेको छ ।

बैंकहरुलाई राष्ट्र बैंकले नियमन गर्न जरुरी रहेको भन्दै संघले प्यान तथा भ्याटमा दर्ता व्यापारी तथा व्यवसायीहरुको कारोबारलाई हेरी ब्याज छुट र विना धितो कर्जा लगानीको कुराहरुको माग उठाउँदै आइरहेकोमा उक्त विषयमा सम्बोधन नभएकाले आगामी दिनहरुमा उक्त मागहरु पनि सम्बोधन हुने संघले विश्वास व्यक्त गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x