Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘जगदम्बा मोटर्स र लायन्स क्लब अफ काठमाडौं समर्पण’को सहकार्यमा निःशुल्क मास्क वितरण

‘जगदम्बा मोटर्स र लायन्स क्लब अफ काठमाडौं समर्पण’को सहकार्यमा निःशुल्क मास्क वितरण


काठमाडौं, साउन ७
जगदम्बा मोटर्स र लायन्स क्लब अफ काठमाडौं समर्पणको सहकार्यमा निःशुल्क मास्क वितरण गरिएको छ । कोभिड–१९ को संक्रमण समुदायमा फैलिन नदिन कामको शिलसिलामा घरबाट बाहिर निस्कने मानिसको लागि सरकारले नै मास्क अनिवार्य गरेको छ ।

सरकारको निर्णयमा सहयोग पु-याउन जगदम्बा मोटर्स र लायन्स क्लब अफ काठमाडौं समर्पणले निःशुल्क मास्क वितरण गरेको जनाएका छन् । संसारभर नै मास्कलाई एक भरपर्दो सुरक्षा विधि भएको विश्व स्वास्थ्य संगठनले समेत प्रमाणित गरिसकेको छ । सरकारले लकडाउन खुकुलो पार्दै लगेसँगै मानिसहरुको आवतजावत पनि दिनानुदिन वृद्धि हुँदै गएको छ । मानिसहरुको धेरै चहलपहल हुने स्थानहरुमध्येको कालीमाटी तरकारी बजार, बल्खु तरकारी बजार, यातायात कार्यालय, असन, वसन्तपुर, कलंकी, पाटन दरबार क्षेत्रहरुमा जगदम्बा र लायन्स क्लबले मास्क वितरण गरेका हुन् ।

यस अभियानअन्तर्गत ४ हजार थान मास्कहरु सर्वसाधारणलाई निःशुल्क वितरण गरिएको थियो । अभियानमा मास्क वितरण सँगसँगै सर्वसाधारणलाई मास्क लगाउने उचित तरिका, मास्क लगाउँदा कोरोना भाइरसबाट बच्ने ज्ञानका साथै भीडभाडमा सामाजिक दूरी कसरी कायम गर्ने, हात धुनेलगायतका जनचेतनामूलक जानकारीहरु पनि प्रदान गरिएको थियो । एक सातासम्म सञ्चालन गरिएको यो अभियानको अन्तिम दिन पाटन दरबार क्षेत्रमा कार्यक्रम संचालन गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x