Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारओम सर्जिकलमा राजस्वको सिल

ओम सर्जिकलमा राजस्वको सिल


काठमाडौं, साउन ८
मेडिकल सामग्रीहरुको कारोबार गर्दै आएको त्रिपुरेश्वरस्थित ओम सर्जिकल कन्सर्न प्रालिलाई राजस्व अनुसन्धान विभागले सिलबन्दी गरेको छ । त्यसका सञ्चालक रामशरण भण्डारी हुन् । भण्डारीको स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका उच्च अधिकारीहरुसँग राम्रो साँठगाँठ थियो । त्यही कारण पछिल्लो समयमा ओमले कोरोना भाइरस परीक्षण गर्ने आरटी पीसीआर किट (रियल टाइम पीसीआर किट) महंगोमा खरिद गरेर ल्याउने जिम्मा पाएको थियो । स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा गत असार ५ गते स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा. रमेश खरेलले ओमलाई स्वास्थ्य सामग्री खरिदका लागि जिम्मा दिइएको र सम्झौता भएको बताएका थिए ।

चैत २३ गते पनि ओमले पहुँचको भरमा स्वास्थ्य सामग्री खरिद गरेर ल्याउने जिम्मा पाएको थियो । तर, उसले त्यतिबेला समयमा सामान दिएको थिएन । सरकारलाई सामान नदिएर कालोबजारी गरेको आरोप लागेको थियो । राजस्वले भने ओमले अनियमितता गरेको भनेर पटक–पटक उजुरी परेपछि छानबिन गरेको हो । प्रारम्भिक चरणको छानबिनमा अनियमितता देखिएपछि पहिलो चरणमा छापा मारेर कागजात नियन्त्रणमा लिई सिलबन्दी गरेको बताइएको छ ।

छापा मारेर सिलबन्दी गरेको विभागले त्यसका सञ्चालकलाई बयानका लागि बोलाएको छ । ओम्नी समूहसँग चर्को मूल्यमा सामान खरिद गरेपछि सरकारको आलोचना भएपछि ओमलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिएको थियो । तर, उसले कहिल्यै पनि समयमा सामग्री दिनसकेको थिएन । ओमले चीनबाट ल्याएको स्वास्थ्य सामग्री बजारमा बिक्री गरेर सरकारलाई नदिएको आरोप लाग्दै आएको थियो ।

ओमलाई पहिला सरकारले सर्जिकल मास्क र ग्लोबको ठेक्का दिएको थियो । उसले सरकारलाई केही सामान मात्र दिएर अरु बजारमा बिक्री गरेको आरोप थियो । ओम्नीले ग्रुपले महंगोमा सामग्री ल्याउने जिम्मा पाए पनि नल्याएपछि ओमले जिम्मा पाएको थियो । त्यसपछि ओमले गत वैशाख ६ र ७ गते विमान चार्टर्ड गरेर चीनबाट स्वास्थ्य सामग्री खरिद गरेर ल्याएको थियो । तर, सरकारले पर्याप्त मात्रामा पाएको थियो । उसले सरकारलाई सामग्री नदिएर बजारमा बिक्री गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x