Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकको निर्देशन वाणिज्य बैंकहरुले टेरेनन्

राष्ट्र बैंकको निर्देशन वाणिज्य बैंकहरुले टेरेनन्


सुरेश राउत
काठमाडौं, साउन ८
नेपाल राष्ट्र बैंकले पटक–पटक निर्देशन दिए पनि वाणिज्य बैंकहरुले त्यसलाई अझै बेवास्ता गरेका छन् । राष्ट्र बैंकको निर्देशन वाणिज्य बैंकहरुले अवज्ञा गर्दा स्थानीय तहहरुमा अझै पनि बैंकका शाखाहरु पुगेका छैनन् । सबैभन्दा सुगम मानिएको वाग्मती प्रदेशकै सबै स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा विस्तार गरेका छैनन् । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले सात सय ४६ स्थानीय तहमा मात्र शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी २०७७ को जेठ मसान्तसम्मको विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेको स्थानीय तहको संख्या सात रहेको छ ।

राष्ट्र बैंकका अनुुसार बैंक तथा वित्तीय संस्थाहरुको कुुल संख्या भने यस अवधिमा एक सय ६३ पुुगेको छ । सोअनुुरुप २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी २३ वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी, ९० वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७७ जेठ मसान्तसम्म कुुल एक सय ८७ वटा बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । यसमध्ये एक सय ४२ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ४५ संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने नौ हजार सात सय १६ वटा पुुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार दुुई सय ३९ वटा, विकास बैंकहरुको एक हजार दुुई सय १६, फाइनान्स कम्पनीहरुको दुुई सय ३९ र लघुुवित्त वित्तीय संस्थाहरुको चार हजार २२ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकका अनुसार यसअघि अर्थात् २०७६ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीह्रुको कुुल शाखा संख्या आठ हजार छ सय ८६ रहेको थियो । राष्ट्र बैंकका अनुसार २०७७ को जेठ मसान्तसम्ममा प्रदेश १ मा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ ।

प्रदेश २ मा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा नै बैंकहरुको शाखा पुुगेको छ । वाग्मती प्रदेशमा एक सय १९ स्थानीय तह रहेकोमा एक सय १७ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८४ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश ५ मा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौ नै स्थानीय तहमा नै बैंकहरुको शाखा पुुगेको छ । यसैगरी कर्णाली प्रदेशमा ७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । सुदूरपश्चिम प्रदेशमा भने ८८ स्थानीय तह रहेकोमा ८६ स्थानीय तहरुमा बैंकहरुको शाखा पुगेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x