Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालक्रिएसन र कोका—कोलाद्वारा ३२ सय सफाइकर्मीलाई सहयोग

क्रिएसन र कोका—कोलाद्वारा ३२ सय सफाइकर्मीलाई सहयोग


काठमाडौं साउन ८
क्रिएसन र कोका—कोला नेपालले सफाइकर्मीहरुका लागि राहत प्रदान गर्ने प्रयास सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । जसअन्तर्गत देशभरका ३ हजार २ सय १२ जना सफाइकर्मीलाई सुरक्षा सामग्री, रासन प्याकेज प्रदान गर्दैक सुरक्षा जागरुकता कार्यक्रम संचालन गरेको छ । कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका सफाइकर्मीहरुलाई सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्न प्रतिक्रियाको रुपमा क्रिएसन र कोका—कोला नेपालको संयुक्त पहलमा सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट जेठ २ गतेबाट सुरु गरिएको हो ।

यसअन्तर्गत अन्तिम चरणको वितरण कार्यक्रम सिराहमा सम्पन्न भएका छ जहाँ ३ सय ७० सफाइकर्मीलाई गुणस्तरीय रासनको तीन सय प्याकेज, औषधि, जागरुकता सामग्री र ग्लभ्स, बुट, पीपीईलगायत सुरक्षा सामग्री वितरण गरिएको थियो । राहत वितरणका साथै चिकित्सा परामर्श र सामान्य स्वच्छता जागरुकता समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रम सो क्षेत्रका स्थानीय सरकारी अधिकारीहरुको उपस्थितिमा आयोजना गरिएको थियो ।

यसबाहेक, टोलीले भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा कार्यरत सफाइकर्मीका लागि अस्पताल जागरुकता १७ आयोजना गरेको छ । उक्त जागरुकता १७ टोलीका चिकित्सा अधिकारी डा. निमेश खनालको नेतृत्वमा ३० भन्दा सफाइकर्मीहरुलाई प्रदान गरिएको थियो । सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टअन्तर्गत ६४ वटा राहत वितरण कार्यक्रम आयोजना गरिएको थियो ।

यस अवधिमा हरेक परिवारका पाँच सदस्यलाई एक महिनासम्मका लागि पुग्ने रासन पनि वितरण गरिएको थियो। जहाँ १६ हजार बढी लाभान्वित भएका छन् । यसका साथै सात सय ७० सुरक्षा सामग्री वितरण गर्नुका साथ जागरुकता कार्यक्रम र चिकित्सा परामर्श प्रदान गरिएको थियो । यस परियोजनाको लक्ष्य कोभिड—१९ महामारीविरुद्ध लड्ने र नेपालभरका तीन हजार दुई सय सफाइकर्मीलाई सकारात्मक लाभ प्रदान गर्ने रहेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x