एनसेलको ‘नयाँ सजिलो सिम’
काठमाडौं, साउन ८
एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक एक सय रुपैयाँ मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउँछन् । नयाँ ग्राहकहरुले करसहित मात्र ९९ रुपैयाँमा यो सिम लिन सक्छन् । यो योजनाअन्तर्गत ग्राहकले सिम लिँदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्षसम्म रिचार्ज गर्दा बोनस डेटा पाउँछन् । यो नयाँ सिम लिदा ग्राहकले २० रुपैयाँ मेन ब्यालेन्स, २ सय एमबी डेटा र २० मिनेट अननेट टकटाइम पाउँछन् । यसरी सिमसँगै बन्डल भएर आउने डेटा र टक टाइम ७ दिनको लागि मान्य हुनेछ ।
यो नयाँ सिमको प्रमुख विषेशता भनेको सिम लिँदा पाइने थप बन्डल सेवा तथा सुविधा नै हुन् । कम्पनीका अनुसार ग्राहकले सिम लिएको दिनको भोलिपल्ट मध्यरातसम्ममा १ सय रुपैयाँ वा सोभन्दा बढीको पहिलो रिचार्ज गर्दा ५ सय एमबी डेटा (२५० एमबी अल टाइम अल नेटवर्क र २५० एमबी फोरजी डेटा) बोनसस्वरुप पाउँछन् । यो डेटाको समयावधि पाँच दिन रहेको छ । यसका साथै, ग्राहकले प्रत्येक एक सय रुपैयाँ मेन ब्यालेन्स खर्च गर्दा पहिलो एक वर्ष सम्म २ सय एमबी डेटा (१ सय एमबी अल टाइम अल नेटवर्क र एक सय एमबी फोरजी डेटा) बोनस पाउँछन् । यसरी प्राप्त हुने बोनस डेटा तीन दिनका लागि मान्य रहन्छ । यो नयाँ सिम लिनका लागि पहिचान प्रमाणिकरणका निमित्त सकलसहित नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानीको फोटोकपी र पासपोर्ट साइजको फोटो एक प्रति आवश्यक पर्दछ ।
नयाँ थिम ‘प्लस’अन्तर्गत ‘नयाँ सजिलो सिम’ स्टार्टर प्याकबारे आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘ग्राहकहरुलाई डेटा सेवा प्रयोगको उत्कृष्ट अनुभव र त्यसको लाभ प्रदान गर्ने हाम्रो प्रतिबद्धताअनुरुप सबै मोबाइल डेटा प्रयोगकर्ताका लागि यो नयाँ प्याक ल्याउन पाएकोमा हामी निकै हर्षित छौं ।’ नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’ अफर, भ्वाइस सेवाको बढी आवश्यकता रहेकाका लागि ‘इन्डलेस कुराकानी प्लस’ र साथै ‘वायरफ्री प्लस वाइफाइ’ सेवाको बुकिङ पनि सुरु गरिसकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया