‘कोभिड–१९ फोटो प्रतियोगिता’ सञ्चालन हुने
काठमाडौं, साउन ९
विश्व फोटो दिवस अगस्ट १९ लाई मध्यनजर गरेर फोटो पसल प्रालिले ‘कोभिड–१९ फोटो प्रतियोगिता’ गर्ने भएको छ । आम नेपाली नागरिकले यस प्रतियोगिमा सहभागी भई पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नसक्ने उक्त संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
कोरोना भाइरस (कोभिड– १९) ले नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट के कस्तो सूचना, जनचेनता दिँदै आइरहेको छ भन्ने कुराको संग्रह गर्ने उद्देश्यले वर्तमानमा यसले पारेको असर र प्रभावलाई इतिहासमा भावी पुस्तालाई दस्तावेजका रुपमा प्रस्तुुत गरी कोभिड १९ फोटो प्रतियोगिता फोटो पसल प्रालिले गर्नलागेको प्रतियोगिता संयोजक हरी पाण्डेले जानकारी दिए । यसका साथै अगस्ट १९ का दिन विश्व फोटो दिवसको अवसर पारेर फोटोग्राफीसम्बन्धी व्यवसाय एवं यससम्बन्धी रुचि राख्ने नेपाली नागरिकहरुलाई सम्मान गर्नु पनि रहेको संस्थाका प्रबन्धनिर्देशक विक्रम न्यौपानेले बताए ।
कोभिड १९ सँग सम्बन्धित फोटोलाई प्रमुखतामा राखेर नै फोटो समावेश गरी प्रतियोगितामा आम नेपाली नागरिकले यसमा सहभागिता जनाउन सक्नेछन् । साथै देश तथा विदेशमा रहेका फोटोग्राफर, फोटो पत्रकार र फोटोग्राफीसम्बन्धी रुचि राख्ने नेपालीहरुले समेत यस प्रतियोगितामा निःशुल्क सहभागी हुन सक्ने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा सहभागी हुनका लागि फेसबुक पेजमा रहेको जिमेलमा ओरजिनल फाइल फोटो कम्तीमा पनि ठूलो साइजमा प्रिन्ट गर्न मिल्ने र आफैले खिचेको मात्र पठाउनु पर्ने छ ।
यस प्रतियोगिताको विजेता छनोटका लागि आयोजक कमिटीले वरिष्ट फोटोग्राफर, वरिष्ठ फोटो पत्रकारलगायत तीन सदस्यीय निर्णायक मण्डल छनोट गरेको छ । प्रतियोगिताको प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार सम्मान स्वरूप प्रदान गर्ने फोटो पसल प्रालिले जनाएको छ । फोटो यहि साउन ३१ गते शनिबारसम्म पठाइसक्नुपर्नेछ भने पठाउने फोटो कोभिड–१९ सम्बन्धी जनचेतना, सूचना एवं यसको प्रभावलाई उजागर गराउने विषय वस्तुमा केन्द्रित हुनुपर्नेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया