काठमाडौं, साउन ९
कोभिड–१९ को संत्रासले विश्वमा सनसनी मच्चाइरहेको यो समयमा नेपाल पनि अछूतो रहन सकेन । चीनको वुहानबाट फैलिएको यो भाइरसको मन्द प्रवेशपछि नेपाली जनजीवन अस्तव्यस्त बनेको छ । जसले सामान्य नागरिकदेखि राष्ट्रसेवक कर्मचारीसमेत लकडाउनमा रहन बाध्य भएका छन् ।
लकडाउनको लामो प्रक्रियापछि राजधानी काठमाण्डौ उपत्यका नियन्त्रण उन्मुख हुँदै गएको अवस्थालाई मध्यनजर गरी सरकारले हालसालै लकडाउनलाई खुकुलो बनाएको छ । कम आय भएका, श्रम गर्नुपर्ने अवस्थाका गरिब तथा विपन्न वर्गका व्यक्तिहरु बाध्यात्मक परिस्थितिमा काममा फर्किन बाध्य छन् । कोभिडको प्रवेश पछि सुस्ताएको चलचित्र क्षेत्र पनि विस्तारै जुर्मुराउने प्रयत्न गरिरहेको छ । संक्रमणका बिचमा सामाजीक उत्तरदायित्व निर्वाह गर्दै आएका यो समयका सफल तथा व्यस्त चलचित्र निर्देशक चेतनाथ दंगाल पुनः चलचित्र कर्ममा फर्किएका छन् । सामाजिक दुरी कायम गर्दै संयम अपनाउँदै चलचित्र निर्देशक दंगालले हालै कथानक चलचित्र ‘निम्तो’को छायाँकन सम्पन्न गरेका छन् ।
हाल पोष्ट प्रोडक्सनको कार्य भईरहेको सो चलचित्रको निर्माण गोल्डेन ड्रिम्स इन्टरटेनमेण्ट प्रालिले गरेको छ भने यस चलचित्रको कथा पटकथा संवाद गणेश सुवेदीले लेखेका छन् । काठमाडौं उपत्यकाभित्रै छायांकन सम्पन्न भएको चलचित्र निम्तोमा अभिनेता दिनेश के.सी. तथा अभिनेत्री तुलशा पहाडीलगायतका कलाकारहरु रहेका छन् । कोडिभ –१९ को संक्रमणबाट संयम रहदै कर्ममा फर्कन सबैलाई आग्रह गर्दै निर्माण गरिएको सो चलचित्र डिजिटल प्लेटफर्ममार्फत रिलिज गरिने कुरा निर्देशक चेतनाथ दंगालले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया