बेनी हाइड्रोपावारले पेलेरै जान खोजेको स्थानीयको आरोप
महेन्द्र शाही
सोलुखुम्बु, साउन ९
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ३ तामाखानीबासीले बेनी हाइड्रोपावरले प्रभावित क्षेत्रका स्थानीयलाई पेलेरै अगाडि जान खोजेको आरोप लगाएका छन् । प्रभावित क्षेत्रको मागलाई सम्बोधन गर्न नसकेको भन्दै आन्दोलनको क्रममा रहेका तामाखानीबासीले आयोजनाले स्थानीयको मागलाई बेवास्ता गरेको बताएका छन् । स्थानीयले माग पूरा गर्न आयोजनाको कर्मचारी आवाश गृहमा ताला लगाएका थिए । उनीहरूले लगाएको ताला प्रहरी प्रशासनको सहयोगमा केही समयमा नै खोलिएको थियो । आफूहरूलाई जानकारी समेत नदिएर हाइड्रोले पेलेरै जान खोजेको स्थानीयको भनाइ छ ।
स्थानीय संघर्ष समितिका संयोजक मिलन पुलामी मगरले प्रभावित क्षेत्रका नागरिकहरूले वार्ता चाहेको भए पनि आयोजना एकलौटी हिसाबले अगाडि बढ्दा आफूहरू आन्दोलनमा जानुपरेको बताए । आयोजना समक्ष सडक स्तरोन्नति, ट्र्याक ओपनलगायत १२ बुँदे मागसहित स्थानीय आन्लोलित भए पनि आयोजनाले भने स्थानीयको माग नै निश्चित नभएको दाबी गरेको छ । आयोजनाले यसअघि सुरुङमार्गबाट माठुङसम्मको करिब १३ सय मिटर सडक ट्र्याक ओपन तथा बोल्दोस्थित पक्की पुलबाट करिब ७० मिटर भीर चौडा गर्नेलगायतका कामहरू गरेको कम्पनीका प्रतिनिधि फुग्याल्जेन शेर्पाले बताए । आफूहरू स्थानीयका माग पूरा गर्न तयार भए पनि स्थानीयले माग नै प्रस्ट नपारेको उनको भनाइ छ ।
आयोजनाले स्थानीयको मागप्रति आफूहरू सकरात्मक रहे पनि माग पूरा गर्न एक महिनाको समय संघर्ष समितिले उपलब्ध गराउन नसक्दा वार्ता विफल भएको उनको भनाइ छ । प्रभावित क्षेत्र तामाखानीको मागको विषयमा वडा कार्यालय र संघर्ष समितिबीच नै कुरा नमिल्दा समस्या भएको आयोजनाले जनाएको छ । १८ मेगावाटको यो आयोजनाले सामाजिक उत्तरदायित्वको काम स्थानीयले बारम्बार आरोप लगाउँदै आएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया