Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहिमालय एयरलाइन्सद्वारा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

हिमालय एयरलाइन्सद्वारा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान


काठमाडौं, साउन १२
हिमालय एयरलाइन्सले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि विभिन्न अस्पताल तथा निकायलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कम्पनीले आम्दा अस्पताल, दमक र सीसीएमसी, गुल्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हालै झापाको दमकस्थित आम्दा अस्पताललाई पोर्टेबल भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री तथा कोभिड–१९ सफ्ट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी), गुल्मीलाई पीसीआर उपकरण हस्तान्तरण गरेको छ ।

शनिबार पनि एरलाइन्सले पीसीआर ९एनएइ ३२, आइसिटी ओबी १६ उपकारण र अन्य अत्यावश्यक स्वास्थ्य उपकरण तथा सामग्री ५१ हजार २ सय थान डिस्पोजेबल मेडिकल मास्क, ६ सय ६ थान मेडिकल फेस शिल्ड, ५ सय ७५ थान मेडिकल चस्मा, ४० थान मेडिकल इन्फ्रारेड थर्मोमिटर, ३५ जोर प्रोटेक्टिभ बुट र पाँच जोर डिस्पोजेबल पञ्जा सीसीएमसी गुल्मीलाई प्रदान गरेको छ । सबै स्वास्थ्य सामग्री परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले संयुक्तरुपमा सीसीएमसीको कार्यालय रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाललाई हस्तान्तरण गरेका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले सफ्टको क्षणमा स्वास्थ्य सामग्रीको परिमाण प्रयाप्त नभएको र नेपाल मात्र नभई विश्व नै कठिन चरणमा गुज्रिरहेको अवस्थामा एयरलाइन्सबाट प्राप्त सहयोगले कोभिड रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा निरन्तर खटिएका स्वास्थ्यकर्मीलाई बचाउन मद्दत गर्ने बताए । एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले सरकारी अभियानमा सारथी बन्न पाउँदा कम्पनी गौरवान्वित भएको भन्दै कठिन परिस्थितिमा सरकारका आगामी काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

एयरलाइन्सका अध्यक्ष झोउ एन्योगले आम्दा अस्पताललाई एक पोर्टेबल भेन्टीलेटरसहित ५ सय थान आरडीटी किट, १ सय थान पीपीई सेट, ५ सय थान एन ९९५ मास्क, दुई हजार जोर सर्जिकल मास्क, पाँच हजार जोर डिस्पोजेबल पञ्जा र पाँच इन्फ्रारेड थर्मोमिटर हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । हिमालयले सरकारको कोभिड–१९ कोषमा एक करोड रकम योगदानका अलावा एअरलाइन्सले हालसम्म १ सय ७७ टन अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्ति गर्न २४ वटा चार्टर्ड उडान गरेको छ । त्यस्तै विभिन्न मुलुकमा रहेका एक हजार १ सय ४० नेपालीलाई स्वदेश फिर्ता गर्न ६३ वटा उडान सफलतापूर्वक सञ्चालन गरिसकेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x