Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

ओप्पो ए५२ नेपालमा


काठमाडौं, साउन १२
ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए५२ सार्वजनिक गरेको छ । ब्राण्डले सार्वजनिक गरेको नयाँ ह्याण्डसेटको मूल्य २९ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरेको छ । ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दुई रंगमा उपलब्ध गरिएको छ । यसको मोटाइ ८.९ एमएम र वजन जम्मा १९२ ग्राम रहेको छ । कम्पनीका अनुसार ओप्पो ए५२को डिस्प्ले १०८०ह२४०० एफएचडी प्लस रेजोलुसनसहितको ६.५ इञ्च नियो डिस्प्ले (ब्लाइन्ड होल स्क्रिन)को प्रयोग गरिएको छ । स्क्रिनको पिक्सेल डेन्सिटी ४०५ पीपीआई रहेको छ । उपकरणको स्क्रिन टू बडी रेसियो ९० दशमलब ५ प्रतिशत छ । फोनको डिस्प्लेमा इन–सेल टेक्नोलोजी (सनलाइट स्क्रिन), ब्ल्यू सिल्ड (टीयूभी राइनल्याण्ड प्रमाणित) लगायत पनि उपलब्ध गरिएको कम्पनीको भनाइ छ ।

ओप्पो ए५२मा कम्पनीले क्वाड रियर क्यामेरा सेटअपको प्रयोग गरेको छ । यसको प्रमुख रियर क्यामेरा एफ१.७ एपर्चरसहितको १२एमपी र सेकेन्डरी रियर क्यामेरा एफ२.२ सहितको ८एमपी (वाइड) रहेको छ । साथै, फोनमा दूई ओटा एफ२.४ एपर्चरसहितको २ एमपी रेजोलुसन सेन्सर रहेका छन् । जसमध्ये, एउटा माक्रो लेन्स र अर्को पोटे«ट लेन्स हुन् । यिनमा टच टु फोकस, फेज डिटेक्सन एएफ अटोफोकस प्रविधि पनि उपलब्ध छ । फोनको रियर क्यामेरालाई सहयोगार्थ यसमा डुअल एलईडी फ्ल्यासको प्रयोग गरिएको छ । सेल्फीका लागि भने एफ२.० एपर्चरसहितको १६.०एमपी फ्रन्ट क्यामेराको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

ओप्पो ए५२लाई ओक्टाकोर (४×२.० जीएचजेड कायरो २५० गोल्ड+४×१.८ जीएचजेड कायरो २६० सिल्भर) क्वालकम स्न्यापड्रागन ६६५ चिपसेटले सञ्चारित गर्ने कम्पनीको भनाइ छ । फोनमा ४जीबी -याम र १२८जीबी आन्तरिक सञ्चय क्षमताको व्यवस्था गरिएको छ । कलरओएस ७.१ (एण्ड्रोइड १०)द्वारा सञ्चारित हुने यसमा प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार एसएसडीमार्फत सञ्चय क्षमतालाई २५६जीबीसम्म बढाउन सक्छन् । फोनमा साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सरको प्रयोग गरिएको छ । ओप्पो ए५२मा कम्पनीले १८वाट फास्ट चार्जिङ प्रविधिसहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरेको छ । यसमा पाँच हजार मेगाहर्जको ब्याट्री रहेको छ । ओप्पो ए५२को गत साउन १ गतेका दिनदेखि नै प्रमुख विक्रि केन्द्रहरुमार्फत कम्पनीले बजारमा उपलब्ध गराइसकेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x