ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुद्वारा १५ लाख बढी राजस्व सङ्कलन
महेन्द्र शाही
सोलुखुम्बु साउन १३
जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले आर्थिक वर्ष २०७६/७७ मा १५ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले १ वर्षको अवधिमा दुई हजार दुई सय १६ वटा सवारी कारबाहीबाट १५ लाख ३८ हजार राजस्व सङ्कलन गरेको हो । यो रकम आर्थिक वर्ष २०७५/७६ को भन्दा दुई लाख ८८ हजार बढी हो । २०७५/७६ मा १२ लाख पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
ट्राफिक प्रहरीको जनशक्ति तथा सवारी साधनको संख्या बढ्नु राजस्व सङ्कलनमा वृद्धि हुनुको कारण भएको ट्राफिक प्रहरी इन्चार्ज तथा प्रहरी सहायक निरीक्ष कृष्ण कटुवालले जानकारी दिए । पछिल्लो समय सवारी साधनको संख्यामा पनि वृद्धि भएकाले राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको उनको भनाइ ।
राजस्व सङ्कलन अझ बढी हुने आँकलन गरिए पनि लकडाउनले सवारी सञ्चालन नहुँदा राजस्वमा कमी आएको उनको भनाई छ । राजस्व सङ्कलनसँगै सवारी कारबाहीको संख्या पनि बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा एक हजार आठ सय ११ सवारी कारबाही भएकोमा आर्थिक वर्ष २०७६/७७ मा दुई हजार दुई सय १६ वटा सवारी कारबाहीमा परेका छन् ।
पछिल्लो सयम नियम उलङ्घन गर्नेहरू पनि निकै धेरै रहेको उनको भनाइ छ । सवारी साधनको संख्यामा वृद्धि भएसँग कारबाहीमा पर्नेको ग्राफ पनि धेरै देखिएको हो । कारबाहीमा पर्ने सवारी चालकहरूले सवारी परिचय पत्र, सिट बेल्ड नलगाउने, प्रयोजनविपरीत सवारी सञ्चालन गर्नेहरू रहेका छन् । त्यस्तै क्षमताभन्दा बढी यात्रु बोक्ने, लापरबाही ढङ्गले सवारी चलाउने तथ हेलमेन्ट नलागएर मोटरसाइक चलाउनेहरू रहेको ट्राफिक प्रहरीको भनाइ छ ।
गत आर्थिक २०७६/७७ मा सबैभन्दा बढी जिप तथा कार कारबाहीमा परेका छन् । नौ सय ४४ वटा जिप कारबाहीमा परेको ट्राफिक प्रहरीको भनाइ छ । जसबाट छ लाख ८६ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । जिल्लाभरि सबैभन्दा कम कारबाहीमा पर्ने सवारीमा बस रहेका छन्, जुन ५८ वटाबाट ४८ हजार पाँच सय राजस्व सङ्कलन भएको बताइएको छ ।
यसैबीच गत आर्थिक वर्ष २०७६/७७ मा सोलुखम्बु जिल्लाभित्र सवारी दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरूमा सबै पुरुष रहेको ट्राफिक प्रहरीको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा १७ वटा सवारी दुर्घटना भएको र २६ जना व्यक्ति दुर्घटनामा परेको ट्राफिक प्रहरीको तथ्याङ्क रहेको छ । २६ जनामध्ये ५ जनाले ज्यान गुमाएका छन् भने ४ जना गम्भीर घाइते र १७ जना सामान्य घाइते भएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया