Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसाढे १४ केजी चाँदी र आधा केजी सुन बरामद

साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद


काठमाडौं, साउन १४
प्रहरीले राजधानीबाट साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै सुरूमा सुनजस्तो देखिए पनि परीक्षण गर्दा उक्त सामान सुनको जलप लगाएको चाँदी भएको जनाएको छ । कमलादीस्थित कृष्ण पाउरोटी चोक नजिकबाट प्रहरीले २ थान म्याग्जिनसहितको पेस्तोल र १ केजीको ८ थान, २ सय ५० ग्राम लेखिएको २६ थान र ५ सय ग्राम लेखिएको १ थान पहेँलो धातु बरामद गरेको थियो ।

बरामद भएको धातु सुन हो कि होइन भनेर सुन व्यवसायीलाई परीक्षण गराउँदा १४ केजी ५ सय ग्राम चाँदीमा सुनको जलप लगाएको र ५०० ग्राम सुन भएको प्रहरीले जनाएको छ । प्रहरीले जाँच गर्ने क्रममा बा.६ च ५५१९ नम्बरको स्कोरपियो गाडी रोक्न खोज्दा नरोकी झन् गति बढाएपछि गाडीको पिछा गर्ने क्रममा कपडाको झोला फ्याँकी गाडी फरार भएको प्रहरीको भनाइ छ । सो झोलाबाटउक्त अवैध हतियार र पहेँलो धातु बरामद भएको हो । फरार व्यक्ति र उक्त नम्बरको गाडीको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x