Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्यालेक्सी एस२० तथा एस२० प्लसमा मेगा एक्स्चेन्ज अफर

ग्यालेक्सी एस२० तथा एस२० प्लसमा मेगा एक्स्चेन्ज अफर


काठमाडौं, साउन १४
सामसङले “मेगा एक्स्चेन्ज अफर” प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो स्मार्टफोनलाई नयाँ ग्यालेक्सी एस२० तथा एस२० प्लससँग साट्न सक्नेछन् । कम्पनीका अनुसाार पुरानो स्मार्टफोनसँग ग्यालेक्सी एस २० प्लस साट्दा ग्राहकहरुले तत्काल क्यास ब्याक वा सामसङ एलईडी टिभी प्राप्त गर्नेछन् । ग्राहकले ३२ इन्च सामसङ एलईडी टिभी वा २२ हजार रुपैयाँको क्यास ब्याक मध्ये एक छनौट गर्न सक्नेछन् ।

ग्यालेक्सी एस२०को हकमा भने १९ हजार रुपैयाँको क्यास ब्याक प्राप्त गर्न सकिने छ । यो योजनामा सामेल हुने ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । यो योजना जुलाई महिनाको ३१ तारिखसम्म लागू गरिएको कम्पनीले जनाएको छ । यी फोनमा ६४ मेगापिक्सलको क्यामरा, दुबै फोनमा उच्चस्तरीय फोटो खिच्नको लागि सेन्सर राखिएको छ । दुबै फोनमा ३० गुणासम्मको जुम रहेको छ ।

सिङ्गल टेकले अनिवार्य रुपमा यसमा भएका सबै लेन्सहरुको प्रयोग आफ्नो रियर क्यामरामा गर्दछ, यसमा विभिन्न फाम्र्याटमा १० सेकेन्डसम्मको भिडियो खिच्न सकिनेछ, जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनः खिच्न आवश्यक हुँदैन । कम्पनीका अनुसार ग्यालेक्सी एस२० संसारको पहिलो त्यस्तो स्मार्ट फोन हो जसबाट ८ के भिडियो रेकडिङ्ग सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x