सुरेश राउत
काठमाडौं, पुुस ७
सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुले सात सय ४१ स्थानीय तहमा शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको चार महिनाको विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेको स्थानीय तहको संख्या १२ मात्र रहेको छ ।
राष्ट्र बैंकका अनुुसार बैंक तथा वित्तीय संस्थाहरुको कुुल संख्या भने यस अवधिमा एक सय ६७ पुुगेको छ । सोअनुुरुप २८ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी २५ वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी, ९१ वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७६ असोज मसान्तसम्म कुुल एक सय ७८ वटा बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । यसमध्ये एक सय ३५ संस्थाको इजाजत खारेज हुन गई कुल ४३ संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने नौ हजार दुुई सय २३ वटा रहेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या तीन हजार नौ सय ३५, विकास बैंकहरुको एक हजार दुुई सय ७३, फाइनान्स कम्पनीहरुको दुुई सय २० र लघुुवित्त वित्तीय संस्थाहरुको तीन हजार सात सय ९५ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकका अनुसार यसअघि अर्थात् २०७६ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या आठ हजार छ सय ८६ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको चार महिनामा प्रदेश १ मा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश २ मा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३४ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश ३ मा पनि एक सय १९ स्थानीय तह रहेकोमा एक सय १७ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८४ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश ५ मा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौ नै स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । यसैगरी कर्णाली प्रदेशमा ७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह रहेकोमा ८३ स्थानीय तहहरुमा बैंकहरुको शाखा पुुगेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया