सुबास बस्नेत
दोलखा, साउन १९
दोलखाको सदरमुकाम चरीकोट बजारमा मास्क नलगाई हिँड्ने नागरिकलाई कारबाही गर्न सुरु गरिएको छ । आइतबार मास्क नलगाई हिँड्ने ४० जना मानिसलाई एक सय रूपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक भिमप्रसाद दुलालले जानकारी दिए ।
आइतबार दिउँसो १ बजे भ्यानसहित कारबाहीमा निस्केको भिमप्रसाद दुलाललगायत जिल्ला ट्राफिक कार्यालय दोलखाको टोलिले चरीकोट बजारमा मास्क नलगाई हिँड्नेहरूलाई कारबाही गरेको हो । कोरोनाको संक्रमण बढ्दै गएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा पौडेलको नेतृत्वमा गत शुक्रबारबाट दोलखाका नागरिकहरूलाई मास्क वितरण गर्न सुरु गरिएको थियो । मास्क वितरण गर्दै प्रजिअ पौडेलले नागरिकहरूलाई संक्रमण कम हुन नागरिकहरू नै सचेत हुनुपर्ने बताउँदै मास्क लगाएर हिँडडुल गर्न र सामाजिक दूरी कायम गर्न अपिल समेत गरेका थिए ।
जिल्ला प्रशासन कार्यलय दोलखाले सचेतना फैलाउने कार्यक्रम गरिसकेपछि पनि नागरिकहरूले मास्क नलगाई हिँडडुल गरे आइतबारबाट सरकारले तोकेअनुसारको कारबाही गरी जरिवाना असुल्ने बताएको थियो । प्रमुख जिल्ला अधिकारी पौडेलले सडकमा आफैँ उपस्थिति जनाएर तपाईंले किन मास्क नलगाउनुभएको मास्क लगाउनुस् भन्दै पाँच सयभन्दा माथि मास्क वितरण गरेका थिए ।
गृह मन्त्रालयको निर्देशनलाई पूर्णरूपमा कार्यान्वयन गराउन प्रजिअ पौडेलले सरोकारवालाहरूलाई समेत साथमा राखेर निःशुल्क मास्क वितरण गरेका थिए । शनिबार भने सामान्य रूपले बजार निस्केका सर्वसाधारणले मास्क लगाए पनि आइतबार धेरैले मास्क नलगाई बजार निस्केको देखिएपछि जरिवाना गर्न सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका सहायक प्रहरी निरीक्षक महेश आचार्यले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया