Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश १ का मुख्य न्यायाधिवक्तामा कोरोना पोजेटिभ

प्रदेश १ का मुख्य न्यायाधिवक्तामा कोरोना पोजेटिभ


विराटनगर, साउन २०
प्रदेश १ मा रहेका उच्चपदस्त पदाधिकारीहरूमा कोरोना संक्रमण देखिएको छ । केही दिनअगाडि प्रदेशसभाका सभामुख प्रदिप भण्डारीको स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भएको पुष्टि नभए पनि होम क्वारेन्टाइनमा सुरक्षित साथ बसेको खबर सार्वजनिक भएको थियो । त्यसको केही दिनपछि मात्र प्रदेश १ का मुख्य न्यायाधिवक्ता डा. चूडामणि आचार्यसहित परिवारका तीनैजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका प्रारम्भिक लक्षणका आधारमा स्वाब परीक्षण गर्दा मुख्य न्यायाधिवक्ता आचार्यलाई कोरोना पोजेटिभ देखिएको हो । प्रदेश १ सरकारका उच्च पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना हो । मुख्य न्यायाधिवक्ताका परिवारका सबै सदस्यलाई ज्वरो आउन थालेपछि आचार्य आफैँले स्वाब परीक्षण गराएका थिए । मुख्य न्यायाधिवक्ताको सचिवालयका अनुसार उनीहरूमा कोरोना कसरी देखियो भनेर अहिलेसम्म स्रोत खुलेको छैन ।

माहान्यायाधिवक्ता आचार्यको परिवार लामो समयदेखि बाहिर कतै यात्रामा समेत गएको जानकारी नभएको सचिवालयले जनाएको छ । आचार्य केही दिनदेखि सार्वजनिक कार्यक्रममा समेत सहभागी भएका थिएनन् । मुख्य न्यायाधिवक्ता आचार्यको परिवार विराटनगर महानगर माहानगरपालिका वडा ५ स्थित आफ्नै निवासमा सेल्फ क्वारेन्टाइनमा बस्दै आएको बताइएको छ । उनी दुई हप्तादेखि कार्यालय नगएको प्रदेश १ को मुख्य न्यायाधिवक्ता कार्यालयस्रोतले जानकारी दिएको छ ।

विगत १३ दिनदेखि उनी माहान्यधिवक्ताको कार्यालय गएको थिएनन् । तर कार्यालय नगए पनि त्यसबीचमा केही बैठकहरूमा सक्रिय रूपमा सहभागी भएको रहस्य खुलेको छ । उनको पछिल्लो ट्राभल हिस्ट्री खासै नभएको कुरा बताइएको छ । आचार्यसहित तीनै जनालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x