जोन्टा क्लब काठमाडौंद्वारा घरेलु हिंसाविरुद्ध डिजिटल प्यानल सेसन आयोजना
काठमाडौं, साउन २०
जोन्टा क्लब काठमाडौंले विशेष गरी लकडाउनपछि महिलाविरुद्ध हुने घरेलु हिंसाको बढ्दो घटनाहरुको प्रतिक्रियाको रुपमा ‘बन्द ढोका पछाडि : कोभिड—१९ को समयमा घरेलु हिंसाको सत्यता’ शीर्षकमा डिजिटल प्यानल सेसनको आयोजना गरेको छ । यस सेसनको उद्देश्य लकडाउनको दौरान महिलाविरुद्ध हुने हिंसाको बढ्दो घटनाको समाधान खोज्ने र जागरुकता ल्याउने रहेको क्लबको भनाइ छ ।
नेपाल सरकारले कोभिड—१९ को फैलावटलाई कम गर्न चैत ११ गतेबाट देशव्यापी रुपमा लकडाउन लागू गरेको थियो । यससँगै, महिला र केटीहरुविरुद्ध हुने हिंसा विशेष गरी घरेलु हिंसाका घटनाहरु ४० प्रतिशतले वृद्धि भएका छन् । घरभित्र बस्नु भाइरसको जोखिमबाट बच्ने उपायको रुपमा मानिएको छ, महिलाहरु आफ्नो घरभित्र अपराधीहरुसँग फसेका छन् र उनीहरुसँग सुरक्षाको पहुँच छैन । त्यस्तै बढ्दो मानसिक स्वास्थ्यका मुद्दा र आत्महत्या पनि अत्यन्त चिन्ताको विषय हो ।
कार्यक्रममा यूएनको महिलाविरुद्ध हुने सबै प्रकारको विभेद उन्मूलन महासन्धि समितिकी उपाध्यक्ष वन्दना राणाले कोभिड—१९ महामारीले विश्वव्यापी रुपमा विनाश ल्याएको बताइन् । साथै उनले कोभिड १९ ले अर्को प्रकारको संकट ल्याएको पनि ल्याएको र जसलाई यूएनले ‘छाया महामारी’ घोषणा गरेको बताइन् । छाया महामारीले कोभिड—१९ को बीच बढेका घरेलु हिंसालाई जनाउँछ ।
जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष जोन्टियन सीमा गोल्छाले क्लब काठमाडौंको उद्देश्य शारीरिक र मानसिक रुपमा घरेलु हिंसाबाट पीडित महिला र केटीहरुको आवभगत गर्नु रहेको बताइन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया