ग्यालेक्सी एस२० प्लस र एस २० मा आकर्षक क्यासब्याक अफर
काठमाडौं, साउन २०
सामसङले ग्यालेक्सी एस२० प्लस र एस २० मा आकर्षक क्यासव्याक अफर ल्याएको छ । अब, ग्यालेक्सी एस२० प्लसको खरिद गर्दा ग्राहकहरुले तत्काल २२ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यसैगरी ग्यालेक्सी एस २० को खरिदमा भने १९ हजार रुपैयाँ क्यास ब्याक पाइनेछ ।
कम्पनीका अनुसार ग्यालेक्सी एस२० प्लस एक लाख चार हजार ९ सय ९९ रुपैयाँ र ग्यालेक्सी एस२० ९४ हजार ९ सय ९९ रुपैयाँमा पाईने छ । यसअघि ग्यालेक्सी एस२० प्लसको खरिद मूल्य १ लाख २६ हजार ९ सय ९९ रुपैयाँ तथा ग्यालेक्सी एस २० को खरिद मूल्य १ लाख १३ हजार ९ सय ९९ रुपैयाँ रहेको थियो । यो योजना अगस्ट १, २०२० देखि सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीको भनाइ छ ।
यी फोनमा ६४ मेगापिक्सलको क्यामरा, दुवै फोनमा उच्चस्तरीय फोटो खिच्नको लागि सेन्सर राखिएको छ । दुवै फोनमा ३० गुणासम्मको जुम रहेको छ । एस २० कस्मिक ग्रे र क्लाउड ब्लु तथा एस २० प्लस विभिन्न तीन रंगहरु–कस्मिक ब्ल्ल्याक, कस्मिक ग्रे, क्लाउड ब्लुमा उपलब्ध रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया