Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोरोना कहरमा पनि धार्मिक स्थलमा दर्शनार्थीको भीड

कोरोना कहरमा पनि धार्मिक स्थलमा दर्शनार्थीको भीड


महेन्द्र शाही
सोलुखुम्बु, साउन २१
कोरोना भाइरसको महामारीका बीच पनि जनैपूर्णिमाको अवसरमा सोलुखुम्बुका विभिन्न धार्मिक स्थलहरू दशननार्थीहरूको भीड लागेको छ । जिल्लाको कुनै पनि स्थानमा औपचारिक रूपमा मेला नलागे पनि मन्दिरमा दर्शन गर्न जानेको भने भीड लागेको थियो । जिल्लामा अघिल्लो वर्ष अत्यधिक मात्रामा दर्शनार्थीको भीड हुने स्थानहरूमा पनि यो वर्ष निकै कम मात्र उपस्थिति रहेको भए पनि दर्शन गर्न आउनेहरू आएको बताइएको छ ।

जिल्लाको सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर १ मा रहेको दूधकुण्ड मेलामा करिब १५ सयको हाराहारीमा भक्तजन पुगेको बताइएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष निकै कम उपस्थिति रहेको स्थानीय सुरेश खड्काले जानकारी दिए । कोरोनाका कारण यो वर्ष भीडभाड नगर्न प्रशासनले आग्रह समेत गरेको थियो । तर पनि दर्शनार्थीको उपस्थितिले भने विभिन्न कुण्ड मन्दिरहरूमा भीड लागेको थियो ।

त्यस्तै सोलु दूधकुण्ड नगरपालिकाको वडा नम्बर ४ फाप्लु स्थति सानो दुधकुण्ड, थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर ७ मा रहेको जालिम मन्दिरमा पनि दर्शनार्थीहरूको बाक्लो उपस्थिति रहेको बजार व्यवस्थापन समितिले जनाएका छन् । अघिल्लो वर्षको तुलनामा कम भए पनि दर्शन गर्न आउनेहरू आइनै रहेको बताइएको छ ।

जनै पूर्णिमाको अवसरमा सोलुखुम्बुका विभिन्न धार्मिक पिठहरूमा मेला लाग्नेगरेको थियो । विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण अघिल्ला वर्षमा लाग्दै आएको धार्मिक स्थलमा यस वर्ष मेला नलगाउन जिल्ला प्रसाशन कार्यलयले निर्देशन दिएको थियो । प्रशासनले निर्देशनको अवज्ञा गरेमा कारबाही गर्ने समेत जनाएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x