Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसाढे तीन लाख घुस लिँदालिँदै बाँके निकुञ्जका प्रमुखसहित दुई जना पक्राउ

साढे तीन लाख घुस लिँदालिँदै बाँके निकुञ्जका प्रमुखसहित दुई जना पक्राउ


बाँके, साउन २१
नगद तीन लाख ४८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका दुई कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन । उनीहरुलाई अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा बुटवल कार्यालयबाट खटिएका अख्तियारका कर्मचारीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई रङ्गेहात पक्राउ गरेको आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए ।

उनका अनुसार भट्टराई र रोकायका साथबाट बैंकमा जम्मा गरेको पाँच लाखको भौचर पनि बरामद भएको छ । सोमबार दिउँसो पक्राउ परेका भट्टराई र रोकायलाई थप अनुसन्धानका लागि बुटवल स्थित अख्तियारको हिरासतमा राखिएको छ । अख्तियारले पछिल्लो समय प्रदेश पाँचका विभिन्न जिल्लामा निगरानी बढाएको छ । यसक्रममा दुई साताअघि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाललाई १६ लाख नगदसहित नियन्त्रणमा लिएको थियो ।

गत साता दाङ्ग तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई पनि नियन्त्रणमा लिएको थियो । भेरीका खनाल र तुलसीपुरका उपाध्यायसगैं रुपन्देहीबाट पनि स्थानीय तह, वडाअध्यक्ष र कर्मचारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको सूचना अधिकारी भुसालले बताए । यसअघि उच्च सरकारी वकिलको कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादवलाई पनि घुससहित पक्राउ गरेको उनले बताए । नियन्त्रणमा रहेका यी सबैजनालाई यतिबेला अख्तियारको निगरानीमा राखेर अनुसन्धान भइरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x