Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगत आवमा विदेशबाटै उड्यो ६ सय ५६ जनाको सपना

गत आवमा विदेशबाटै उड्यो ६ सय ५६ जनाको सपना


प्रवीण राउत
काठमाडौं, साउन २३
गत शुक्रबार मलेसियामा सेक्युरिटी गार्डमाथि भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । उक्त भिडियो हेर्ने जो कोहीलाई पनि पीडितप्रति दया लाग्नु स्वाभाविक हो । सो घटनाले त सम्पूर्ण नेपालीको ध्यानाकर्षण गर्न सफल भयो भने यस्तै हृदयविदारक घटनाहरु वैदेशिक रोजगार क्षेत्रमा प्रशस्त हुने गरेको छ जसले गर्दा यो त्रासदको क्षेत्र हो भन्न गाह्रो मान्नुपर्ने अवस्था छैन ।

आफ्नो सपना पूरा गर्न बाध्यतावश विदेशमा कामका लागि उडेका युवाहरु पीडित हुनुको साथै मृत्युको मुखमा समेत पुगिरहेका छन् । तर सरकारले सो समस्या समाधान गर्नका लागि कुनै यथोचित निर्णय लिनसकेको छैन । गत आवमा मात्र १७ जना महिला र ६ सय ३९ जना पुरुष गरी ६ सय ५६ जना युवाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ ।

उनीहरुलाई राहत दिन बोर्डले आर्थिक सहायतास्वरुप चार करोड ११ लाख ४४ हजार रुपैयाँ प्रदान गरेको छ । त्यसैगरी वैदेशिक रोजगारीको क्रममा दुर्घटनामा परी अंगभंग/बिरामी हुने दुई सय ४४ जना रहेका छन् । जसमध्ये ८ जना महिला र २ सय ३६ पुरुष रहेका छन् भने उनीहरुलाई आर्थिक सहायतास्वरुप बोर्डले छ करोड ४४ लाख ४५ हजार रुपैयाँ प्रदान गरेको छ ।

बोर्डले वैदेशिक रोजगारीमा गई मृत्यु भएका, समस्यामा परेका तथा तिनीहरुको परिवारलाई राहतस्वरुप आर्थिक सहायता प्रदान गर्दै आएको छ । सोही क्रममा बोर्डले वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका तथा तिनका परिवारलाई राहतस्वरुप गत आवमा ५२ करोड ३३ लाख ३२ हजार रुपैयाँ वितरण गरेको छ । बोर्डले दुई हजार ६० जना महिला र दुई हजार छ सय २४ जना पुरुषलाई आर्थिक सहायतास्वरुप सो रकम वितरण गरेको हो ।

त्यस्तै वैदेशिक रोजगारीको क्रममा बिरामी भई उपचाररत ६ जना महिला र ७ जना पुरुषलाई सात लाख ५० हजार रुपैयाँ तथा ६२ जना पुरुषको उद्धार तथा शव झिकाउनको लागि सम्बन्धित नियोगमा पत्राचारको लागि बोर्डले एक करोड ३५ लाख ६७ हजार रुपैयाँ खर्च गरेको छ । त्यसैगरी १४ जना महिला र ६ सय ६५ जना पुरुषको शव घर ठेगानासम्म ढुवानी गर्नका लागि एक करोड ४२ लाख, एक हजार एक सय ९३ जना महिलालाई अभिमुखीकरण तालिमबापत शोधभर्नाका लागि आठ लाख ३५ हजार रुपैयाँ बोर्डले खर्च गरेको छ भने वैदेशिक रोजगारीमा गएका युवाहरुको परिवारलाई छात्रवृत्तिस्वरुप एक करोड ८० लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ ।

छात्रवृत्ति प्राप्त गर्नेमा आठ सय १८ जना महिला तथा आठ सय ८१ जना पुरुष रहेका छन् । कोभिड १९ को बीच पनि युवाहरु वैदेशिक रोजगारीमा जान चाहेका छन् भने सरकारले समेत वैदेशिक रोजगारीमा पठाउन सकिने बताउँदै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x