सूर्य नेपालको त्रिसारा अगरबत्ती नेपाली बजारमा
काठमाडौं, साउन २३
सूर्य नेपाल प्रालिले ‘मंगलदीप त्रिसारा’ नामको नयाँ अगरबत्ती नेपाली बजारमा ल्याएको छ । मंगलदीप अगरबत्ती बजारमा ल्याएको छोटो समयमा नै उपभोक्तामाझ लोकप्रिय भएपछि उक्त नयाँ उत्पादन ल्याएको कम्पनीले जनाएको छ । त्रिसारा अगरबत्तीको हरेक काँटीमा ग्राहकहरुले मनमोहक सुगन्धको अनुभव गर्न पाउने कम्पनीको दाबी छ । त्रिसाराको प्रतिप्याक मूल्य एक सय रुपैयाँ कायम गरिएको छ ।
यसअन्तर्गत १ सय ८० काँटी जिपलक प्याकमा उपलब्ध हुनेछन् । जिपलकले गर्दा काँटीको गुणस्तरीयता, सुगन्ध लामो समयसम्म टिक्ने जानकारी कम्पनीले गराएको छ ।त्रिसरालाई सुपर सेभर प्याकको रुपमा प्रवर्द्धन गर्ने निर्णय कम्पनीले गरेको छ । सूर्य नेपाल प्रालिले विभिन्न स्वदेशी अगरबत्ती उद्योगहरुलाई आफ्नो संस्थागत सामाजिक दायित्वअन्तर्गत मंगलदीप अगरबत्ती वनाउन दिई सोको बजार प्रवर्द्धन तथा बिक्री गरी ती उद्योगहरुलाई दिगो एवं सक्षम वनन मद्दत गरिराखेको जनाएको छ ।
मंगलदीप अगरबत्तीले हाल राष्ट्रको अगरबत्तीमा व्याप्त परनिर्भरता कम गरी देशको राजस्व वृद्धि गर्न तथा अवैध रुपमा हुने अगरबत्ती आयात रोक्न समेत सफल भइरहेको छ । नेपालको सांस्कृतिक परिवेशमा अगरबत्तीले एकदमै महत्व राख्ने हुनाले यसको बजार सम्भाव्यता स्वदेशमै पर्याप्त छ भने विदेशमा पनि यसको माग ठूलो छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया