Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबनेपामा बेनेलीको शोरूम

बनेपामा बेनेलीको शोरूम


काठमाडौं, साउन २३
बेनेली मोटरसाइकलको लागि बनेपा जिल्लाको अधिकृत बिक्रेता टप गियर इन्टरनेशनल प्रालिले बनेपामा बेनेली शोरूमको उद्घाटन गरेको छ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । बेनेलीले १९११ देखि नै मोटरसाइकल पारखीबीच एक बेग्लै पहिचान बनाएको छ । कम्पनीका अनुसार बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्न सिर्जना गरिएको हो ।

यसको माग सबैभन्दा बढी रहेको र नेपालको युवा वर्गमा लोकप्रिय बनेको कम्पनीको दाबी छ । बनेपामा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तर्राष्ट्रियस्तरको बाइकको रहेको कम्पनीको भनाइ छ । टप गियर इन्टरनेशनलले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार सबै मोडेलहरूमा दुई वर्ष इन्जिन वारेन्टीको रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x