Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौंमा थप ६२ जनामा कोरोना

काठमाडौंमा थप ६२ जनामा कोरोना


काठमाडौं, साउन २५
शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टामा काठमाडौँ उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ६२ जनासहित देशका विभिन्न जिल्लामा ३ सय ७८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ बाट तीन जनाको मृत्यु भएको जानकारी समेत दिए । हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ७३ जना पुगेको छ । सक्रिय सङ्क्रमित छ हजार २ सय ६ मध्ये प्रदेश नं. १ मा ४ सय ७८, प्रदेश नं २ मा दुई हजार ९ सय २९, वाग्मती प्रदेशमा एक हजार २९, गण्डकी प्रदेशमा २ सय ४२, प्रदेश नं ५ मा ३ सय ९०, कर्णाली प्रदेशमा १ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७५ सक्रिय सङ्क्रमित रहेका छन् ।

हालसम्म विश्वभर एक करोड ९५ लाख ४९ हजार ९ सय १ कोभिड–१९ बाट सङ्क्रमित छन् । सात लाख २४ हजार १ सय ८६ व्यक्तिको मृत्यु भइसकेको छ र एक करोड २५ लाख ७० हजार ६ सय ३१ व्यक्ति यस रोगबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा सात हजार ७ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

हालसम्म जम्मा चार लाख ३५ हजार २ सय ८९ परीक्षण भएको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिको सङ्ख्या १० हजार ७ सय ९२ छ । गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या ४ सय ९९ जना छन् । हालसम्म डिस्चार्ज हुने १६ हजार ३ सय १३ छन् । पीसीआर सात हजार ८ सय ८८ जनामा परीक्षण गरिएको छ । सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी सात जिल्ला छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x