Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकका शाखाहरु आलोपालो सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

बैंकका शाखाहरु आलोपालो सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन


सुरेश राउत
काठमाडौं, साउन २६
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिम न्यूनीकरणको लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले आईतबार सञ्चलनमा रहेका २७ वटै बाँणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी २० वटा बिकास बैंक, २२ वटा फाईनान्स कम्पनी र ८५ वटा लघुवित्त वित्तीय संस्थाहरु समेतको नाउँमा परिपत्र जारी गर्दै सुरक्षाका सबै मापदण्डहरु पुरा गरेर वित्तीय सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

कोभिड १९ को संक्रमणको जोखिम न्यूनीकरण एवं स्वास्थ्य सुरक्षाका लागि सरकारले देशका बिभिन्न स्थानहरुमा लागू गरेको बन्दाबन्दी निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारीको आवागमनमा जोरविजोर प्रणालीलगायतका विशेष परिस्थितिमा बैंक तथा वित्तीय संस्थाहरुबाट सम्पादन गरिने कार्यलाई निरन्तरता दिनको लागि स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डहरु कायम नै रहने गरी वित्तीय सेवा प्रवाह गर्न निर्देशन दिइएको हो, राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ ।

सरकारबाट जारी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड समेतको पालना गर्दै प्रदान गरिंदै आएको सेवा प्रवाहमा निरन्तरताको लागि बिजनेश कम्युनिटी प्लान तयार गरी कोभिड १९ संक्रमणको जोखिम व्यवस्थापन गर्न आवश्यकता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । सरकारले देशका बिभिन्न स्थानहरुमा लागू गरेको बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा नीजि सवारी आवागमनमा भएको जोरबिजोर प्रणाली लगायतका बिशेष परिस्थीतीलाई मध्यनजर गर्दै वर्क फर्म होमको व्यवस्था गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रदेशस्थित शाखा कार्यालयहरुको हकमा सम्बन्धित प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासनमार्फत हुने निर्णय तथा सूचना समेतलाई आधार मानेर प्रदेश कार्यालयहरुको समन्वयमा न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाहरुको सेवा सुचारु गर्ने तथा वैकल्पिकरुपमा सञ्चालन गर्न सकिने शाखाहरु सोही बमोजिम सूचना जारी गरेर वैकल्पिकरुपमा आलोपालो गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । सेवा सुचारु नगरिएका शाखाहरुको बिवरण पठाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यसैगरी राष्ट्र बैकले सोही परिपत्रमार्फत विद्युतीय कारोबारलाई थप प्रोत्साहित गर्न पनि निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x