सामसङको कर्ड मेस्ट्रोटिएम रेफ्रिजेरेटर नेपालमा
काठमाडौं, साउन २६
सामसङले कर्ड मेस्ट्रोटिएम रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार यस रेफ्रिजेरेटरले खानेकुरालाई सुरक्षित राख्नुका साथै खानेकुरा समेत तयार गर्दछ । यसबाट दैनिकरुपमा आफ्नो आवश्यकताअनुसार दही आफैँले घरैमा बनाउन सकिन्छ ।
विभिन्न परिकारहरुसँगै नेपालका सम्पूर्ण क्षेत्रमा दही एक विशेष परिकारका रुपमा लिइन्छ । दहीको खपत पनि नेपालमा अधिक रहेको छ । ‘कर्ड मेस्ट्रोटिएम’ सामसङको एक नयाँ प्रविधि हो । नेपालीहरुको आवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिजको बिक्रीवितरण गरिएको हो । कर्ड मेस्ट्रोटिएमले पाँचदेखि छ घण्टामा सहजै दही तयार गर्न सक्दछ । कम्पनीका अनुसार पाँच घण्टामा पातलो र छ घण्टामा बाक्लो दही बनाउन सकिन्छ । कर्ड मेस्ट्रोटिएमले जस्तोसुकै मौसममा पनि एकनासको दही बनाउनसक्छ ।
यो रेफ्रिजेरेटर २ सय ५३ लिटर र ३ सय १५ लिटरमा उपलब्ध रहेको छ । यो स्मार्ट कन्भर्टेबल ५ इन १ टुइन कुलिङ्ग रेफ्रिजेरेटर विभिन्न पाँच मोड– नर्मल, एक्ट्र सपिङ्ग, भ्याकेसन, सिजनल तथा होम अलोन उपलब्ध छन् । यो कन्भर्टेबल मोडेलहरुमा विद्युत् खपत पनि न्यूनतम मात्र हुन्छ । यो रेफ्रिजेरेटर नेपालभरका सामसङका आधिकारिक बिक्रेताहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ । यसका मोडेलहरु ६३ हजार नौ सय ९० रुपैयाँदेखि ७८ हजार नौ सय ९० रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया