टुकुचाको पर्खाल भत्काएर किया मोटर्सको शोरुम निर्माण
काठमाडौं, साउन २८
स्रोत नखुलेको शंकास्पद लगानीमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका सुहृत घिमिरेले टुकुचा खोलाको अर्को साइडको पर्खाल भत्काएर ढुंगा निकाली किया मोटर्सको आफ्नो साइडको पर्खाल बनाएका छन् । काठमाडौं महानगरपालिका वडा नं. २ मा पर्ने उत्तरढोका दरबार क्षेत्रमा पस्ने टुकुचा खोलाको पर्खाल भत्काएर उनले रातारात आफ्नो साइडको पर्खाल बनाएका हुन् ।
यस सम्बन्धमा जानकारी लिन सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् तर टुकुचाको पर्खाल भत्काएर ढुंगा निकालेर किया मोटर्सको शोरुमका सञ्चालकले आफ्नो शोरुमतर्फ पर्खाल लगाएको सम्बन्धमा प्रश्न गर्दा त्यहाँ नजिकै व्यवसाय गरिरहेका एक व्यक्तिले आफ्नो नाम नबताउने शर्तमा सत्ताशक्तिको आडमा किया मोटरको शोरुम सञ्चालकले टुकुचाको पर्खाल भत्काएर त्यहाँको ढुंगा निकालेर आफ्नो साइडमा पर्खाल लगाएको बताएका हुन् । कोभिड–१९ को महामारीतर्फ सबैको ध्यान मोडिएको बेला काठमाडौं महानगरपालिका वडा नं. २ का अध्यक्षलाई प्रभावमा पारेर विवादास्पद व्यापारी घिमिरेले टुकुचाको पर्खाल भत्काएर ढुंगा निकाली आफ्नोतर्फ पर्खाल लगाएका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया