Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघरजग्गामा बैंकहरुको साढे ६५ प्रतिशत लगानी

घरजग्गामा बैंकहरुको साढे ६५ प्रतिशत लगानी


काठमाडौं, साउन २८
बैंकिङ क्षेत्रको निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकको अनुसार २०७७ को जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३ दशमलव तीन प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो निक्षेप १३ दशमलव तीन प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १८ दशमलव एक प्रतिशतले बढेको छ ।

२०७७ जेठ मसान्तमा चल्ती, बचत र मुद्दती निक्षेपको कुल निक्षेपमा क्रमशः आठ दशमलव सात प्रतिशत, ३२ दशमलव तीन प्रतिशत र ४८ दशमलव दुुई प्रतिशत अंश रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः नौ दशमलव दुुई प्रतिशत, ३२ दशमलव पाँच प्रतिशत र ४७ दशमलव छ प्रतिशत रहेको थियो । २०७७ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५ प्रतिशत रहेको छ । २०७६ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४५ दशमलव एक प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०७७ जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रकम भने १० दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८ दशमलव दुुई प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०७७ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ११ दशमलव नौ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको २०७७ जेठ मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५ दशमलव पाँच प्रतिशत घरजग्गाको धितोमा प्रवाह भएको छ । यसबाहेक १३ दशमलव तीन प्रतिशत चालु सम्पत्ति अर्थात कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार २०७६ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४ दशमलव चार प्रतिशत र १३ दशमलव छ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १३ दशमलव एक प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ ११ दशमलव एक प्रतिशत, निर्माण क्षेत्रतर्फ ११ दशमलव सात प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १६ दशमलव छ प्रतिशत र सेवा क्षेत्रतर्फ १९ प्रतिशतले कर्जा बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २६ दशमलव एक प्रतिशतले बढेको छ । यसैगरी ओभरड्राफ्ट कर्जा चार दशमलव आठ प्रतिशत, ट्रष्ट रिसिट अर्थात् आयात कर्जा २२ दशमलव छ प्रतिशत, डिमान्ड तथा चालू पुँजी कर्जा १० दशमलव एक प्रतिशत, रियल स्टेट कर्जा अर्थात् व्यक्तिगत आवासीय घर कर्जा समेत सात दशमलव पाँच प्रतिशत, मार्जिन प्रकृतिको कर्जा पनि चार दशमलव नौ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा एक दशमलव एक प्रतिशतले घटेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x