एफवान सफ्टले पायो दक्षिण पूर्वी एसिया व्यापार पुरस्कार
काठमाडौं, साउन २८
सफ्टवेयरको क्षेत्रमा अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनललाई दक्षिण पूर्वी एसिया व्यापार पुरस्कारबाट सम्मानित गरिएको छ । यो पुरस्कार बेलायतको अग्रणी बिजनेस पत्रिका एपीएसीले दक्षिण एसियाका व्यवसायहरूले विभिन्न क्षेत्रमा सिर्जना गरेको प्रभावका आधारमा हरेक वर्ष प्रदान गर्ने गर्दछ । कम्पनीका अनुसार यो कुनै पनि नेपाली कम्पनीले पहिलोपटक जितेको एक प्रतिष्ठित पुरस्कार हो ।
एफवान सफ्ट गु्रप अफ कम्पनीका अध्यक्ष विश्वास ढकालले भने, ‘हामी हाम्रो प्रयासअनुसार दक्षिण एसियाका प्रतिष्ठित कम्पनीमाझ अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएकोमा गर्व गर्दछौँ । विश्वलाई विशेषगरी कोरोना भाइरस महामारीको समयमा अझ नविन सिर्जना गर्ने कम्पनीहरूको आवश्यकता छ ।’
अवार्ड संयोजक क्याथरिन बेन्टनले पनि एपीएसी इन्साइडरको तर्फबाट एफवान सफ्टलाई बधाई दिए । एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी हो । एफवान सफ्टले इसेवा र फोनपेजस्ता मोबाइलमार्फत हुने भुक्तानी र मोबाइल बैंकिङ सेवाको विकास गरेको छ, जुन नेपालका एक करोड व्यक्तिले प्रयोग गर्दछन् । कम्पनीले सात सय जनालाई रोजगारी प्रदान गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
- शाइन रेसुंगा विकास बैंकद्वारा लाभांश घोषणा
- ग्लोबल आईएमई लघुवित्तको नाफा चार करोड
- एनएमबी लघुवित्तको नाफा ७१ लाख ५४ हजार
- दार्चुला जिप दुर्घटना: घाइतेलाई थप उपचारका लागि धनगढी लगियो
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया