तराईका चार जिल्लामा स्वास्थ्य सामग्री वितरण
काठमाडौं, साउन २८
कतार च्यारिटी र इस्लामिक रिलिफले कोरोना रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सामग्री वितरण तथा सरसफाई कार्यक्रम गरेका छन् । दुवै गैरसरकारी संस्था मिलेर तराईका चार जिल्लाका ८० क्वारेन्टाइन सेन्टरमा स्वास्थ्य सामग्री वितरण तथा सरसफाइ कार्यक्रम गरेका हुन् ।
विशेषगरी भारतबाट आएका नेपालीहरुलाई राखिएको सर्लाही, रौतहट, बाँके र बर्दियाका २०/२० वटा क्वारेन्टाइनमा कोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले बताए । च्यारिटीका प्रबन्धक शेखका अनुसार च्यारिटी र इस्लामिक रिलिफ मिलेर आप्रवासीका लागि कोभिड प्रतिरक्षा क्षमता शुद्धीकरण कार्यक्रमअन्तर्गत उक्त सहयोग गरिएको हो ।
उक्त कार्यक्रमअन्तर्गत ८० वटा क्वारेन्टाइनमा अस्थायी भनिए पनि १० वर्षसम्म टिक्ने ८० वटा शौचालय, ह्यान्ड वाशिङ स्टेसन ९२ वटा, ८० वटा डिसइन्फेक्ट लिक्विड, क्वारेन्टाइन सेन्टरमा बसेका १० हजार पाँच सय ५० जनालाई कोरोना रोकथाम स्वास्थ्य सामग्री, एक हजार महिलालाई डिग्निटी किट वितरण गरिएको छ । क्वारेन्टाइनमा बस्नेहरुका लागि शुद्ध पानी पिलाउने उद्देश्यले दुवै संस्थाले पानी शुद्धीकरण पियूष झोल वितरण गरेका छन् भने क्वारेन्टाइन बस्नेहरुलाई बाल्टी जगलगायतका सामग्री समेत वितरण गरिएको छ ।
त्यस्तै उक्त कार्यक्रमअन्तर्गत बाँके, बर्दिया, सर्लाही र रौतहटका विभिन्न रेडियो तथा एफएमहरुमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना जगाउने रेडियो जिंगल प्रचार तथा प्रसार गर्ने काम भएको छ । त्यस्तै कोरोना संक्रमण बढीदेखिएका जिल्लामध्येका बाँके र बर्दियामा टेलिभिजन सोमार्फत पनि कोरोना रोकथाम तथा नियन्त्रणबारे सचेतना कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा नेपालगञ्जका उपमेयर, जिल्ला स्वास्थ्य प्रमुख र स्थानीय संस्थाहरुको उपस्थिति थियो ।
उक्त कार्यक्रम च्यारिटी र रिलिफले युकेको स्टार्ट नेटवर्कको आर्थिक सहयोगमा गरेका हुन् । तीन वर्षअघि मात्र नेपालमा आफ्नो कार्यक्षेत्र विस्तार गरेको कतार च्यारिटीले विभिन्न अप्ठ्यारोमा नेपालमा सहयोग गर्दै आएको छ । अरब मुलुकको सबैभन्दा ठूलो गैरसरकारी संस्था मध्यको एक संस्था, कतार च्यारिटीले विश्वका करिब ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया