सरकारले कोरोनाको महामारीको भयावह स्थिति देखाउँदै घरबाट बाहिर निस्किन अपिल गरिरहेको बेला यता खानेपानीको मूल्य बढाइदियो । परिस्थिति जति नै जटिल र नागरिकप्रति अझ संवेदनशील हुनुपर्ने बेलामा पनि सरकारमा रहेकाहरू भने आफ्नो धन्दामा लागि नै रहेका छन् । कुनै पनि वस्तुको मूल्य बढ्नु भनेको सर्वसाधारण उपभोक्तालाई मारमा पार्नु र उद्योग व्यापार क्षेत्रलार्ई नाफामा लानु हो ।
सरकारले पछिल्लो समय खानेपानीको भाउमा न्यूनतम मूल्य तोक्ने नाउँमा उपभोक्ताहरूलाई एक लिटर पानीमा पाँच÷सात रुपैयाँ नै महंगो हुनेगरी मूल्य तोकेको अवस्थाले एक पटक फेरि उपभोक्तालाई महंगीको मारमा पारेको देखियो । यतिबेला पानीको मूल्यमा पुनरावलोकन गनुपर्ने बेला वा कारण थिएन । त्यसो गरिँदा यो बेलासम्म गरिएको महंगो असुलीलाई घटाइएको भएचाहिँ त्यससो एउटा अर्थ रहनेथियो । त्यसै पनि यस्तो मूल्य हेरफेर नभएको बेलासम्म खानेपानीको बजारमा कायम रहेको मूल्य अहिले फेरबदल गरिएको भन्दा सस्तो थियो ।
पानीका व्यापारीहरू नै भन्छन्, ‘पछिल्लो मूल्य तोक्ने कामले खानेपानी झन् महंगो बनायो ।’ त्यसै पनि जारको पानीको मूल्य कति हो भन्ने निश्चित थिएन । एक जार पानीको उत्पादन मूल्य धेरै भए आठ/दश रुपैयाँभन्दा बढी पर्दैन यदि त्यो धेरै नै गुणस्तरको अर्थात् मिनरलयुक्त रहेछ भने । तर बजारमा यसकोे मूल्य मनपरीजस्तै थियो ।
सरकारी कार्यालयले ६०/७० र एक सयसम्म तिर्नेगरेको थियो भने निजीतर्फ ३०/४० को दर थियो । तर विज्ञहरू भनिरहेका थिए, यो मूल्य पनि धेरै हो । मिनरल वाटर भनेर गुणस्तरहीन, कतिपय ढुंगेधारका पानी बेचबिखन भैरहेका भन्ने त आम रूपमा नै थियो । अहिले यसको मूल्य निर्धारण गरिएकाले घटाएर ५० रुपैयाँ कायम गरिएको सरकारी निकायको दाबी छ । पानीको मूल्य उत्पादनको लागतका आधारमा हुनुपर्ने थियो । उपभोक्ताकर्मीहरूका अनुसार सरकारी निकाय व्यापारीलाई पोस्ने खालका भएका हुँदा त्यसो हुन पाएन वा भएन । उनीहरू भन्छन्, ‘लागतका विश्लेषण नगरी उपभोक्तालार्ई भार पर्नेगरी मूल्य बढाइयो ।’ गुणस्तरको मापन नभई लागतको पनि अनुमान गर्न सकिँदैन । अहिले जार र बोतल भनिएको छ तर त्यसभित्र हुनुपर्ने तत्वको चर्चासमेत भएको पाइएन ।
उपत्यकामा मिनिरल र जारको पानी उत्पादन गर्ने करिब दुई सयको हाराहारीमा उद्योग छन् । तिनले दैनिक डेढ लाख जार पानी बिक्री गर्नेगरेको बताइन्छ । त्यस्तै १५ देखि २० हजार कार्टुन मिनिरल वाटर बिक्री हुनेगरको छ । यो हिसाबबाट मात्र हेरियो भने एउटा बोतलमा पाँच रुपैयाँ र एउटा जारमा १५ देखि २० रुपैयाँ मात्रै मूल्य अन्तर भयो भने धेरै ठूलो रकमको अंक आउँछ, उद्यमीलाई नाफा र उपाभोक्तलाई नोक्सानीको । अहिले मूल्य निर्धारण हुँदा या पक्षलार्ई ध्यानमा राखेको पाइएन । उपभोक्ताको आरोप पनि त्यस्तै छ । अर्कोतर्फ पानीको गुणस्तरको पनि कतै सुरक्षा गरेको नपाइँदा मूल्य निर्धारणको रहर मात्र पूरा गर्न खोजिएको हो कि भन्ने प्रश्न खडा भएको छ । यसले ‘कसैलार्ई केको धन्दा, घरज्वाइँलाई खानकै धन्दा’ भन्ने उखान चरितार्थ भएको देखिन्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया