Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहवाइ सेवा सञ्चालनको वातावरण बनाउन संघको आग्रह

हवाइ सेवा सञ्चालनको वातावरण बनाउन संघको आग्रह


काठमाडौं, साउन २९
वायुसेवा सञ्चालक संघले हवाइ सेवा सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै लामो समयको बन्दाबन्दीले गर्दा हवाइ उद्योग अब धराशायी हुने अवस्थामा पुगेकाले आगामी भदौ १६ गतेदेखि हवाइ सेवा सञ्चालनको वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । लामो समय हवाइ सेवा बन्द हुँदा त्यसले प्रत्यक्ष आश्रित हजारौँ श्रमिकको आयस्रोतसँगै परिवारको रोजीरोटी बन्द भएकाले सञ्चालनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो ।

सरकारले कोभिड–१९ महामारीको नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि आन्तरिक तथा बाह्य उडान बन्द गर्दै आएको छ । सरकारले यसअघि साउन ५ गते आगामी भदौ १ गतेदेखि हवाइ सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाइ उडान आगामी भदौ १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले पछिल्लो समय तोकेको १६ भदौको मितिमा पनि हवाइ सेवा सञ्चालन नगरिए आन्दोलनमा जान बाध्य हुने संघको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक हवाइ सेवा तत्काल सञ्चालनमा नल्याउने हो भने सेवा नै बन्द हुने भएकाले भदौ १६ देखि हवाइ सेवा पुनः सञ्चालन नभएमा बाध्यतावश हामी आन्दोलित हुने अवस्था सिर्जना हुनेछ ।’


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x