कोरोनाका कारण यार्साबाट सङ्कलन हुने करोडौँ राजस्व गुम्दै
आशिष बहादुर सिंह
बझाड., साउन २९
यस वर्ष कोरोना भाइरसका कारण यार्साबाट सङ्कलन हुने करोडौं राजस्व गुमेको छ । जिल्लावासीको मुख्य आम्दानीको रूपमा रहेको यार्साबाट यस वर्ष एक रूपैयाँ पनि कमाउन नपाएको स्थानीयहरूले गुनासो गरेका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने साइपाल तल्कोट, सूर्मा, मष्टा गाउँपालिकाका प्राय सबै र बुंगल र जयपृथ्वी नगरपालिकाको उत्तरी भेगका जनताको मुख्य पेसाको रूपमा रहेको यार्सा सङ्कलन अहिले पूर्णरूपमा बन्द रहेको छ । यार्सा सङ्कलन गरेर नै जीवनयापन गर्ने यहाँका स्थानीयहरू यार्सा सङ्कलन गर्न नपाएपछि मारमा परेको स्थानीय धर्म सिंहले बताए ।
यस क्षेत्रका बासिन्दाहरूको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा रहेकाले पनि ७/८ वर्षका बालकदेखि ७० वर्षका वृद्धहरू पनि यार्सागुम्बा टिप्न लेकतिर जाने गर्थे । अहिले भने लकडाउनका कारण घरबाहिर निस्कन नपाउँदा यस वर्षका यार्सा खेरगएको नर धामीले बताए । चैत्र मसान्तबाट असार मसान्तसम्म यस क्षेत्रका सबै मानिस यार्सा टिप्न जाने गरेका थिए । उक्त बेलामा यस क्षेत्रका शैक्षिक संस्था समेत बन्द हुने काडाका शिक्षक बोहराले बताए ।
समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा पाइने यार्सागुम्बा टिप्नका लागि यस जिल्लाभित्र मात्र नभई छिमेकी जिल्ला बाजुरा, बैतडी, हुम्ला, दार्चुला र अछामबाट पनि मानिसहरू आउने गरेको साइपालका मिलन धामिले बताए । यस वर्ष भने बाहिरी जिल्लाबाट पनि मानिसहरू आउन नपाएको धामीले बताए । यार्सागुम्बा टिप्न र व्यापार गर्नको लागि दाङ, सुर्खेत, रुकुम, रोल्पा, काठमाडौँ, भारत र चिनको तिब्बतबाट मान्छेहरू यहाँ आउने गरेका थिए । कोरोना महामारीका कारण यस वर्ष स्थानीय सरकारले यार्सा टिप्न रोक लगाएको छ ।
खडेरीका कारण अघिल्लो वर्ष निकै घटेको यार्सागुब्बुको उत्पादन यस वर्ष भने संकलकहरूले बढ्ने अनुमान गरेका थिए । यार्सा सङ्कलन गर्ने व्यक्तिहरूबाट साइपाल गाउँपालिका र सुर्मा गाउँपालिकाले राजस्व सङ्कलन गर्ने निर्णय गरेको साइपालका अध्यक्ष राजेन्द्र धामीले बताए । गाउँपालिकाको निर्णयअनुसार गाउँपालिकाभित्र बसोबास गर्ने व्यक्तिहरूलाई एक सय, गाउँपालिकाबाहिरका प्रतिव्यक्तिबाट पाँच सय र जिल्लाभन्दा बाहिरका व्यक्तिहरूले एक हजार रूपैयाँ राजस्व तिर्नुपर्ने निर्णय गाउँपालकाले गरेको थियो । यदी कुनै व्यक्तिले राजस्व नतिरेर यार्सा सङ्कलन गरेको फेला परे दोब्बर जरिवाना गरिने र गाउँपालिकाभित्र बसोबास गर्ने स्थानीयहरूको हकमा गाउँपालिकाबाट दिइने सेवा सुविधा नै रोक्का गर्ने निर्णय गरेको थियो । जिल्ला वन डिभिजन कार्यालयका प्रमुख कर्णबहादुर खातीका अनुसार यार्साबाट आम्दानी हुने राजस्व वर्षेनी घट्ने कम्रमा रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया