दोलखा, साउन २९
दोलखाको गौरीशंकर गाउँपालिकाका बाढी र पहिरोपीडितलाई नेपाली कांग्रेस दोलखाले सहयोग हस्तान्तरण गरेको छ । बाढीपहिरोमा परेर ज्यान गुमाएका र विस्थापित बनेका पीडित परिवारलाई कांग्रेसले दुई लाख २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
जिल्लाको गौरीशंकर गाउँपालिका–८ मा पर्ने टुनिटार र गुरुम्फीमा पहिरो जाँदा एक जनाको ज्यान गएको थियो भने २२ घर विस्थापित भएका छन् । पहिरोले पु-याएको क्षतिका आधारमा आर्थिक सहयोग उपलब्ध गराएको दोलखा कांग्रेसले जनाएको छ । पहिरोमा परेर ज्यान गुमाएका कालिञ्चोक गाउँपालिका– ८ सुनखानिका सुरेश सिवाकोटीको परिवारलाई नगद १० हजार सहयोग गरेको छ ।
मृतकका पितालाई भेट्न गएका कांग्रेस दोलखा नेता कार्यकर्ताले परिवारलाई काजकिरिया गर्न केही सहज होस् भन्दै तत्कालका लागि १० हजार सहयोग गरेको छ । उक्त परिवारलाई पछि थप सहयोग गर्ने कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खडेकाले जानकारी दिए । त्यसैगरी कांग्रेसले पहिरोले पूर्ण क्षति पु-याएका नौ घरधूरीलाई प्रतिपरिवार १० हजार र सामान्य क्षति पुगेका २० घरधूरीलाई प्रतिपरिवार पाँच/पाँच हजारका दरले आर्थिक सहयोग छ । कांग्रेस दोलखाले क्षतिको स्थलगत अवलोकनसहित सहयोग हस्तान्तरणका लागि पहिरो प्रभावित क्षेत्रमा पुगेर आर्थिक सहयोग गरेको हो ।
त्यसैगरी अहिलेसम्म कसैको आखा पुग्न नसकेको खारे र चंखु जोड्ने झोलुङ्गे पुल मर्मत गरेर आवातजावत गर्न भन्दै पुल मर्मतको लागि पनि कांग्रेसले आर्थिक सहयोग गरेको छ । स्थानीयले २२ गतेको बाढीपहिरोले दैनिक ओहोरदोहोर गर्ने पुलमा क्षति गरेको गुनासो गरेपछि स्थानीयको समस्या समाधान गर्ने उद्देश्यले खारेखोलाको झोलुङ्गे पुल मर्मत गर्न १० हजार रुपैयाँ सहयोग गरेको कांग्रेसले जनाएको छ । दोलखा कांग्रेसले पहिरो प्रभावित टुनिटार र गुरुम्फीमा उपयुक्त भूगोल पहिचान गरेर पूर्वाधारसहितको एकीकृत बस्ती बसाउन पहल गर्ने जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया