महेन्द्र शाही
सोलुखुम्बु, साउन २९
सोलुखुम्बुको बागबानी केन्द्रमा घुम्न आउने आन्तरिक पर्यटकको आगमनमा कमी आएको छ । अघिल्लो वर्ष दैनिक औसतमा ४० जनाको हाराहारीमा आउने आन्तरिक पर्यटकहरु यो वर्ष करिब ५० प्रतिशतले कम भएका हुन् । यो वर्ष मुस्किलले २० जनाको हाराहारीमा मात्रा आउने गरेको बागबानी केन्द्रका सूचना अधिकारी चन्द्र फडेराले जानकारी दिए ।
कोरोनाका कारण पनि यो वर्ष घुम्न आउनेको सङ्ख्यामा कमी आएको बागबानी केन्द्रको अनुमान छ । जिल्लामा रहेका सरकारी कर्मचारीहरु विदाको दिन घुम्न आउने भए पनि यो वर्ष शनिबार केन्द्र बन्द गरिएको र अन्य दिन पनि पहिलेजस्तो उल्लेख्य मात्रामा घुम्न आउनेहरु नरहेको उनको भनाइ छ । अघिल्लो वर्ष खोटाङ ओलखढुङ्गाबाट समेत कृषक तथा अन्य व्यक्तिहरु घुम्न तथा अवलोकनका लागि आउने गरेको भए पनि यो वर्ष कोरोनाको कारण ती जिल्लाबाट अवलोकन गर्न आउनेहरु नआएको सूचना अधिकारी फडेराले बताए ।
अघिल्ला वर्षजस्तो यो वर्ष अवलोकनकर्ताको चाप नरहेको उनले बताए । अघिल्लो वर्ष शनिबार एक जना कर्मचारी नै खटाएर घुम्नका लागि आउनेहरुको रेखदेख गर्ने र विवरण राख्ने काम गरिएको भए पनि यो वर्ष भने त्यस्तो नगरिकएको केन्द्रले जनाएको छ । अघिल्लो वर्ष शनिबार मात्रै करिब दुई सय जना जति घुम्न आउने गरेका थिए । घुम्न आउनेहरुले तरकारी तथा फलफूलहरु खरिद गरी लैजाने गरेको भए पनि यो वर्ष आरु तथा आरुबखडा खरिदबिक्री नभएको केन्द्रको भनाइ छ । अर्कोतर्फ यो वर्ष लगातार पानी परेकाले पनि घुम्न आउनेहरु कम भएको बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया