Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचार उपभोक्ता संस्थाहरुलाई गाडीको चाबी हस्तान्तरण

चार उपभोक्ता संस्थाहरुलाई गाडीको चाबी हस्तान्तरण


काठमाडौं, साउन २९
खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत रहेको सहरी खानेपानी तथा सरसफाइ आयोजनाले सहरी क्षेत्रमा सञ्चालित खानेपानी आयोजनाका चारवटा उपभोक्ता संस्थाहरुलाई गाडी हस्तान्तरण गरेको छ । सहरी खानेपानी तथा सरसफाइ आयोजनाका चार उपभोक्ता संस्थालाई बुधबार खानेपानीमन्त्री बिना मगरले सवारीसाधन हस्तान्तरण गरेकी हुन् ।

मन्त्री मगरले दोलखास्थित चरीकोट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, कञ्चनपुरको भीमदत्त नगरपालिकामा अवस्थित सिद्धनाथ बैजनाथ, सुर्खेतको शुभघाट र खोटाङको दिक्तेलमा अवस्थित रम्बा खोला माझखोला साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई गाडीको चाबी हस्तान्तरण गरिन् । सहरी खानेपानी आयोजनाअन्तर्गत विभिन्न जिल्लाका दशवटा सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई सवारीसाधन हस्तान्तरण गर्ने कार्यक्रम रहेकोमा बुधबार चारवटा संस्थालाई हस्तान्तरण गरिएको हो ।

सवारीसाधन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले जनताको सानाभन्दा साना समस्यालाई सम्बोधन गर्दै आयोजना सम्पन्न गर्नमा उपभोक्ता संस्थाहरुको भूमिका ज्यादै महत्वपूर्ण हुने बताइन् । उनले देशैभरि रहेका खानेपानी आयोजनाहरुलाई सम्पन्न गरी जनताका आधारभूत आवश्यकता पूरा गर्न उपभोक्ता संस्थाहरुको भूमिका महत्वपूर्ण हुने र यसका लागि मन्त्रालयले सहयोग र सहजीकरण गरिरहने बताइन् ।

‘उपभोक्ता संस्थाहरु जनताका समस्याहरु बुझ्ने अभिन्न अंग हुन्’, उनले भनिन्, ‘उपभोक्ता संस्थाहरुले बेतलबी रुपमा काम गरिरहेका छन् । हामी त्यस्ता उपभोक्ता संस्थाहरुलाई सहजीकरण र सहयोग गरिरहनेछौँ ।’


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x