महेन्द्र शाही
सोलुखुम्बु, साउन ३०
मलेसियाको एक कम्पनीमा कार्यरत ११ जना नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको ५ महिनाअघि नै भिसा अवधि सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिएका छन् । नेपालमा गरिएको लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा उनीहरू स्वदेश फर्कन पनि सकेका छैनन् । पाँच महिनादेखि कामबिना नै कोठामा बसिरहँदा खर्च अभाव भएको उनीहरूले बताएका छन् । ‘पाँच महिनादेखि काम गर्न पनि पाएको छैन,’ श्रेष्ठले भने, ‘नेपाल फर्कनका लागि मलेसियास्थित नेपाली दूतावासमा पटक–पटक अनलाइन फर्म पनि भ-यौं, तर नियमित उडान नहुँदा महंगो पर्ने भन्दै कम्पनीले पठाउन नै मान्दैन ।’
नियमित उडानका लागि भनेर कम्पनीले टिकटसमेत खरिद गरिसकेको उनको भनाइ छ । तर चार्टर्ड उडानका लागि करिब ५० प्रतिशत रकम थप गर्नुपर्ने भएकाले खर्च नहुँदा समस्या भएको भन्दै अलपत्र परेका नेपालीहरूले सहयोगका लागि अनुरोध गरेका छन् । मलेसियाबाट नेपाल आउन लागि नियमित उडानमा छ सयदेखि सात सय रिङ्गेट लाग्ने, तर चार्टर्ड उडानमा भने एक हजार ५ सय ९० रिङ्गेट तोकिएको छ । कम्पनीबाट आफूहरू विमानस्थलसम्म पुग्नकै लागि ६ घण्टा हिँड्नुपर्ने र यसका लागि ७० रिङ्गेट लाग्ने तथा कोरोना परिक्षणका लागि ३ सय ५० रिङ्गेट खर्च लाग्ने हुँदा समस्या भएको निरकुमार तामाङले बताए ।
कम्पनीले खर्च नव्यहोर्दा नेपाल आउनका लागि उनीहरूले ५६ हजार ७९ रूपैयाँ तिर्नुपर्ने हुन्छ । खाना र बस्नका लागि व्यवस्था गरे पनि कम्पनीले दिएको खाद्यान्नले पेटभर खानसमेत नपुग्ने गरेको विकास विश्वकर्माले बताए । ९ जनालाई एक साताका लागि २० किलो चामल दिने गरे पनि अपुग हुँदा किन्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । त्यो समेत नेपाली दूतावासलाई भनेपछि एक महिनायता मात्रै व्यवस्था गरेको अलपत्र परेका नेपालीहरूले बताएका छन् ।
खानाकै लागि एक जनालाई चार सय रिङ्गेट खर्च हुने गरेको घनश्याम श्रेष्ठले बताए । अहिले त्यस क्षेत्रमा पनि कोरोना फैलन थालेकाले जोखिम बढेको भन्दै उद्धारका लागि अनुरोध गर्नुको विकल्प नभएको उनीहरूले बताएका छन् । उनीहरूलाई अब खानाकै लागि नेपालबाट खर्च मगाउनुपर्ने अवस्था निम्तिएको छ । अलपत्र परेका नेपालीहरूमा झापाका निरकुमार तामाङ, धरानका विकास विक र राजु विक, भक्तपुरका निख पौडेल, चितवनका सुन्दर माल, बाग्लुङका अमर आचार्य र अमृत गुरुङ, गोर्खाका भीमबहादुर मगर, सिरहा लहानका बद्रीप्रसाद यादव र सोलुखुम्बुका घनश्याम श्रेष्ठ रहेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया