सुबास बस्नेत
दोलखा, साउन ३२
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि दोलखामा शनिबारदेखि लकडाउन गरिएको छ । जिल्लाको गौरीशंकर गाउँपालिकामा केही दिनअघि दुई जनामा कोरोना संक्रमण भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङले थप ५ जनामा कोरोना संक्रमण भेटिएपछि जिल्लामा लकडाउन गरिएको हो ।
जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले शनिबार बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । जिल्लामा कोरोना संक्रमणको त्रास बढेसँगै यो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले बताएको छ ।
लकडाउनको अवधिमा अनावश्यक घरबाट बाहिर निस्कन तथा सबै प्रकारका सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयबाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय बन्द गर्ने निर्णय भएको छ । यस्तै जिल्लाभर बजार पूर्णरूपमा बन्द गर्ने तर अत्यावश्यक वस्तु बिक्री गर्ने खाद्यान्न, दुध तथा तरकारी बिक्री गर्ने पसलहरू भने बिहान १० बजेसम्म खोल्न पाइनेछ ।
दोलखामा हालसम्म तीनवटा स्थानीय तहहरू भीमेश्वर नगरपालिका, कालिन्चोक गाउँपालिका र गौरीशंकर गाउँपालिकाभित्रका ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सबैभन्दा बढी गौरीशंकर गाउँपालिकामा ९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।
दोलखामा हालसम्म पाँच सय ३२ जनाको पीसीआर परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए । उनका अनुसार दोलखामा कोरोना जितेर घर फर्किनेको संख्या ३ रहेको छ भने एकको मृत्यु भएको छ । जिल्लालाई लकडाउन गरिएको घोषणा गरेसँगै शनिबार दोलखा बजार क्षेत्र सुनसान देखिएका छन् । गाउँदेखि सदरमुकामसम्म चल्ने यातायातका सवारी गाउँ तथा सहरमै रोकिएका छन् । जिल्लाको सिंगटी बजार शुक्रबारदेखि नै बन्द गरिएको छ । त्यसै सनिबार जिल्लाको मैनापोखरी बजार पनि बिहानदेखि नै सुनसान बनेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया