प्रदेश २ मा शनिबार थपिए १ सय ९४ कोरोना संक्रमित
बटुकनाथ झा
जनकपुरधाम, साउन ३२
पछिल्ला समय कोरोना भाइरसको हटस्पटका रूपमा बढ्दै गएको प्रदेश नंं २ मा संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । शनिबार मात्र एक सय ९४ जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा ३२ जना, सर्लाहीमा ५४ जना, पर्सामा ४८ जना, सप्तरीमा २७ जना, महोत्तरीमा १४ जना, सिरहामा ११ जना, रौतहटमा ५ र बारामा ३ जना संक्रमित थपिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित फेला पर्नेमध्ये ३७ जना महिला छन् ।
योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या छ हजार आठ सय २१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा उपचारपश्चात् ११ महिलासहित ६४ जना संक्रमित निको भएर विभिन्न आइसोलेसन र अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रदेशको ८ वटा जिल्लामध्ये ३ वटा जिल्लाका पाँच सयभन्दा बढी कोरोना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नंं २ को पर्सा जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या आठ सय ७२ जना पुगेको छ । यसैगरी रौतहट जिल्लामा पनि ६ सय २४ जना सक्रिय संक्रमित रहेका छन् । यसैगरी, महोत्तरी जिल्लामा पनि संक्रमितको संख्या छ सय १६ रहेको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख रहेको छ ।
दुई सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित हुनेमा धनुषा, सर्लाही तथा सप्तरी जिल्ला रहेका छन् । धनुषामा तीन सय १५ जना, सर्लाहीमा दुई सय २७ जना सप्तरीमा दुई सय सात जना कोरोनाका सक्रिय संक्रमित बिरामीहरू उपचारमा रहनुभएको रहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिएका छन् । कोरोना संक्रमणको उच्च जोखिममा रहेको प्रदेश २ मा अहिलेसम्ममा साढे ६९ हजार जनाको पीसीआर जाँच भएको छ ।
साढे ६९ हजार व्यक्तिको परीक्षण गर्दा छ हजार छ सय २७ जनाको रिपोर्ट पोजेटिभ र ६२ हजार आठ सय ८८ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ । कुल ७६ हजार पाँच सय २५ जनाको स्वाब संकलगन गरे पनि अहिलेसम्ममा ६९ हजार पाँच सय १५ जनाको रिपोर्ट मात्र आएको हो । जसमा कोरोना संक्रमण पुष्टि भएका मध्ये तीन हजार पाँच सय ४८ जना निको भएर आफ्नो घर फर्किसकेका छन् भने कोरोनाको कारण ४२ जनाले आफ्नो ज्यान गुमाइसकेका छन् ।
हाल यस प्रदेशमा तीन हजार ३८ जना संक्रिय संक्रमित रहेका छन् । कोरोनाको कारण सबैभन्दा बढी प्रभावित भएको रौतहट जिल्लामा कुल १७ हजार चार सय ४९ जनाको स्वाब संकलन गरिएकोमा एक हजार तीन सय ८० जनाको रिपोर्ट पोजेटिभ १५ हजार चार सय ३१ जनाको रिपोर्ट नेगेटिभ र छ सय ३८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
सामाजिक विकास मन्त्रालय प्रदेश २ को शुक्रबारसम्मको तथ्याङ्कअनुसार यस प्रदेशमा कोरोनाबाट हालसम्म ४३ जनाको मृत्यु भएको छ । कोरोनाबाट सबैभन्दा बढी पर्सामा २० जनाको मृत्यु भएको छ । त्यस्तै धनुषामा ७, बारामा ६, सप्तरीमा ३, महोत्तरीमा २, सिरहामा २, रौतहटमा २ र सर्लाहीमा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया