Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहासंघको आपत्ति

महासंघको आपत्ति


काठमाडौं, साउन ३२
नेपाल उद्योग वाणिज्य महासंघले बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालको नाममा रहेको घर स्थानीय प्रशासनले बल प्रयोग गरी भत्काएको भन्दै आपत्ति जनाएको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ९ कालिकापथ बसोबास गर्दै आएका हमालको घर गत साउन २१ गते स्थानीय प्रशासनले बल प्रयोग गरी भत्काएको महासंघको भनाइ छ । हमाल २०३५ सालदेखि स्थायी रूपमा उक्त क्षेत्रमा बसोबास गर्दै आएका छन् ।

वि.सं. २०४६ सालमा तत्कालीन नगरपञ्चायतको नियमानुसार नक्सापास गराई घर निर्माण गरी नियमअनुसार हालसम्म हमालले राज्यलाई कर तिर्दै आएको पनि महासंघले जनाएको छ । उक्त घर निर्माण तत्कालीन मापदण्डअनुसार भई कुनै पनि नियमविपरीत नभएको विषयमा स्थानीय सरकारसँग पटक–पटक वार्ता, छलफल तथा अनुरोध गर्दा पनि उपमहानगरपालिकाबाट कुनै ठोस कदम चाल्नेतर्फ अग्रसर नभएकोले अन्तिम विकल्पको रूपमा मुआब्जाको लागि गत असार ३० गते सर्वाेच्च अदालतमा मुद्दा दायर गरिएको र सो मुद्दा हालसम्मपनि विचाराधीन रहेको महासंघले जनाएको छ । मुद्दा विचाराधिन अवस्थामा रहेको बेला व्यक्तिको निजी सम्पत्तिमाथि हस्तक्षेप गरी भत्काइनु विधिसम्मत नहुने भन्दै महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

महासंघले विधिविपरीत घर भत्काइएकोबारे छानबिन गरी पीडितलाई उचित राहत व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । साथै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा, उपाध्यक्ष किशोर प्रधान र नेउवामहासंको प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्र कुमार खड्कासहितको महासंघ प्रतिनिधिमण्डलले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई भेटी यस विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै छानबिनको माग समेत गरेको महासंघले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x