शाओमीको ‘रेडमी इयरबड एस’ सार्वजनिक
काठमाडौं, साउन ३२
शाओमीले नेपालको आफ्नो अडियो उत्पादन श्रेणीमा अर्को उत्पादन थप गरेको छ । कम्पनीले रेडमी इयरबड एस सार्वजनिक गरेको हो । कम्पनीका अनुसार रेडमी इयरबड एस सबैका लागि वास्तविक वायरलेस अनुभव प्रदान गर्ने लक्ष्यका साथ उच्च गुणस्तरको सुलभ ट्रु वायरलेस सामधानको बढ्दो आवश्यकतालाई पूरा गर्न डिजाइन गरिएको हो ।
रेडमी इयरबड एस दुवै बड र केसमा एक अविश्वसनीय कम्प्याक्ट डिजाइनमा आउँछ । बड इयर क्यानेलमा आरामदायी ढंगबाट फिट हुने गरी बनाइएको छ । म्याट ब्ल्याक फिनिशमा कम स्पेस लिनका लागि डिजाइन गरिएको केस सहजै पकेटमा राख्नयोग्य छ । इयरबड बटनको उत्तम सामना प्रतिक्रिया र सहज ब्लुटुथ पेयरिङ्गले समस्यामुक्त अनुभव प्रदान गर्दछ । रेडमी इयरबड एसले उच्च स्तरको बहु—उपयोगिता प्रदान गर्दछ, त्यसका लागि सिङ्गल बटन इन्टरफेसलाई धन्यवाद जुन फोन उठाउन र काट्न, गीत सुन्न र रोक्न, भ्वाइस एसिस्टेन्ट र सक्रिय डेडिकेटेड गेमिङ मोडका लागि प्रयोग गर्न सकिन्छ ।
डेडिकेटेड गेमिङ मोड(लो लेटेन्सी मोड)ले गेम खेल्दा अडियो ल्यागलाई कम गर्दै स्तरीय अग्रणी वायरलेस लेटेन्सीलाई १२२एमएसमा ल्याउने कम्पनीको भनाइ छ । रेडमी इयरबड चार्जिङ केसका साथ १२ घण्टाको उपयोग प्रदान गर्न सक्षम छ । बहु–परिदृश्यहरुमा अधिक उपयोग्यताका लागि रेडमी इयरबड एस आईपीफो रेटिङका साथ आउँछ, जसले यसलाई पसिना र दाग प्रतिरोधी बनाउँछ ।
रेडमी इयरबड एस नेपालमा हाम्रो प्रयोगकर्ताहरुको श्रवण प्राथमिकताअनुसार ट्युन गरिएको छ । तिनीहरुले इमर्सिभ साउन्ड अनुभव प्रदान गर्दछन् त्यसका लागि तीन विभिन्न आकारका सिलिकन टिप्सलाई आभार जसले सही फिट र निष्क्रिय आवाज आइसोलेसन प्रदान गर्दछ । इनभारोमेन्ट नोइन केन्सिलेसनले बिल्ट इन माइक्रोफोनका साथ क्रिस्टल क्लियर क्वालिटीको अनुमति दिन्छ । रेडमी इयरबड एस ब्ल्याक कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको मूल्य तीन हजार एक सय ९९ रुपैयाँ तोकिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दार्चुला जिप दुर्घटना: घाइतेलाई थप उपचारका लागि धनगढी लगियो
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया