जिएम यादव
बाँके, साउन ३२
बाँकेमा निषेधाज्ञा हटाइएको छ । शुक्रबार रातिबाट लागू हुने गरी निषेधाज्ञा हटाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए । निषेधाज्ञासँगै आमजनतामा परेको समस्यालाई मध्यनजर गर्दै हालका लागि निषेधाज्ञा नबढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले बताए । उनले भने, ‘हामी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छौँ ।
शुक्रबार रातिबाट बाँकेको निषेधाज्ञा हटाइएको छ । यसको मतलब कोरोना सकिएको होइन । उच्च सावधानी र सतर्कता अपनाउनुपर्छ ।’ प्रजिअ कुरुम्वाङ्गले अगाडि थपे, ‘सामाजिक दूरी, मास्क र स्यानिटाइजरको भरपूर प्रयोग र स्वास्थ्यसम्बन्धी सावधानी अपनाएर कोरोनाबाट बच्न र बचाउन सकिन्छ । यो हामी सबैको जिम्मेवारी र दायित्व हो ।’
प्रजिअ कुरुम्वाङ्गले निषेधाज्ञा हटाइए पनि कोरोनाको जोखिम न्यूनीकरणका लागि बाँके प्रशासन हरसम्भव प्रयास गरिरहेको आर्थिक दैनिकलार्य जानकारी दिए । ‘तर, यसका लागि आम जिल्लाबासी इमानदार र जिम्मेवार बनिदिनुप-यो’, उनले आर्थिकसँग भने, ‘अत्यावश्यकीय कामबाहेक घरबाहिर ननिस्कौँ । अनावश्यक भीडभाड नगरौं ।’ कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै बाँकेमा स्थानीय प्रशासनले साउन १८ गते आइतबारदेखि निषेधाज्ञा जारी गरेको थियो ।
निषेधाज्ञा जारी भएकै समयमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, यातायात व्यवस्था विभाग, नेपालगञ्ज आन्तरिक राजस्व कार्यालय, जिल्ला अदालत, वडा प्रहरी कार्यालय नेपालगञ्ज, कारागार र इलाका प्रहरी कार्यालय कोहलपुर सिल गरिएको थियो । जसमध्ये यसअघि इलाका प्रहरी कार्यालय कोहलपुर पुनः सञ्चालनमा आइसकेको छ भने नेपालगञ्ज उपमहानगरपालिका तथा नेपालगञ्ज आन्तरिक राजस्व कार्यालय आइतबारबाट पुनः सञ्चालनमा आउँदै छन् ।
सवारीसाधनमा जोरविजोर प्रणाली, अटेर गरे दुई हजारसम्म जरिवाना : बाँकेमा शनिबारदेखि जोरविजोर प्रणाली लागू गरिएको छ । जोरविजोर प्रणालीलाई अटेर गरी सवारीसाधन सञ्चालन गरे संक्रामक रोग निवारण ऐन र सवारी ऐनअन्तर्गत जरिवाना दुई हजारसम्म जरिवाना गरिनेछ । बाँकेका प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक रामबहादुर कुरुम्बाङ्गले अनावश्यक हुने भीडलाई नियन्त्रण गर्न जोरविजोर प्रणाली लागू गरेको बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया